• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

सरकारको राजश्व संकलनको लक्ष्य टाइँटाइँ फिस हुने सुरेन्द्र पाण्डेकाे भनाइ


  •    संवाददाता/ बुधबार, जेठ १८, २०७९  

  • नेकपा एमालेका सांसद तथा पूर्व(अर्थमन्त्री सुरेन्द्र पाण्डेले सरकारले ल्याएको बजेटले अहिलेको संकट समाधान गर्न नसक्ने दाबी गरेका छन्। संसद्‌मा बजेटमाथिको जारी छलफलको क्रममा उनले सरकारको ध्यान चुनावमा केन्द्रित भएकाले अर्थतन्त्र सम्हाल्न नसक्ने आरोप लगाएका हुन्।

    पूर्व(अर्थमन्त्री पाण्डेले भने, ‘यस वर्षको हाम्रो ९ करोड ६१ अरब डलर रिजर्भ छ। २ अर्ब ७० करोड डलरको साउनदेखि अहिलेसम्म डिपोजिट घटेको छ, हरेक महिना १२ देखि १५ करोड डलर घट्दै छ। डलरको डिपोजिट घटिरह्यो भने हाम्रो आयात घट्नेछ। हामीले फरेन करेन्सी दिन सक्दैनौँ।’

    Advertisement

    सरकारले फरेन करेन्सी दिन नसके १२ खर्ब ४० अर्ब रेभिन्यु कलेक्ट गर्न नसक्ने दाबी गरे। रेभिन्यु कलेक्ट गर्न नसक्ने सरकारको राजश्व संकलनको लक्ष्य पनि टाइँटाइँ फिस हुने बताए।

    Advertisement

    उनले प्रश्न गर्दै भने, ‘१२ खर्ब ४० अर्ब रेभिन्यु कलेक्ट गर्नको लागि जति भए पनि इम्पोर्ट गर भनेर छोड्दिनुपर्छ कि पर्दैन प्राइभेट सेक्टरलाईरु अनि तपाईं डलर कहाँबाट दिनुहुन्छरु पर्सिदेखि राष्ट्र बैंकले म डलर दिन सक्दिनँ भन्ने वित्तिकै आयात कटौती हुनेछ। राजश्व पनि टाइँटाइँ फिस हुन्छ। यो पैसा उठ्न पनि सक्दैन।’

    सरकारले ल्याएको बजेटको लक्ष्यभन्दा बाहिर भएको टिप्पणी गरे।

    ‘तपाईले केही पैसा बाँड्ने कुरा गर्नुहोला चुनावमा प्रभाव पार्नुहोला। तर, अर्को सालमा जाँदा त टाउकोमा हात लगाएर बस्नुपर्ने र अर्थतन्त्र धराशायी भयो भनेर श्रीलंकाको जस्तो दशा हामीले देख्न नपरोस्। त्यस्तै खालको परिस्थिती उत्पन्न नहोस्’ उनको भनाइ छ।

    सरकारले वृद्धभत्ताको उमेर घटाएपछि त्यसको जस एमालेले पाउने दाबी गरे। चुनावी प्रतिबद्धताअनुसार वृद्धभत्ता ५ हजार किन पुर्याएको भन्दै प्रश्नसमेत गरे।

    उनले पाँच दलीय गठबन्धनको नेतृत्व गरेको कांग्रेसलाई गठबन्धन घाँडो भइसकेको टिप्पणी गरे।

    ‘सुन्दैछु यो गठबन्धन चुनावमा जाँदैछ रे। कांग्रेसलाई यो गलगाँडबाट कहिले छुट्कारा पाउने भन्ने हतार छ। चुनावपछि अरु दलहरु सतीदेवीको अंगपतन भएझैं सबै झर्नेछन्’ उनको भनाइ छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    त्रिविको नतिजा एक महिनाभित्र सार्वजनिक गर्न निर्देशन
    बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    ताजा अपडेट
    • त्रिविको नतिजा एक महिनाभित्र सार्वजनिक गर्न निर्देशन
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.