बिर्तामोड नगरपालिका २ का खडानन्द खतिवडाले आफुले पाउँदै आएको वृद्ध भत्ता बाट स्थानीय बिर अमरसिंह स्कुलका विद्यार्थीलाई बिद्यालय पोसाक बितरण गरेका छन् ।
बिर्तामोड २ बेलडाँगी स्थित बिद्यालयका १२ जना बालबालिकालाई कपडा ,कपि,कलम लगायतका शैक्षिक सामाग्री आज बिद्यालयमा आयोजित एक कार्यक्रमका बिच उक्त सामाग्री बितरण गरिएको बिद्यालयका प्रधानाध्यापक यदुनाथ अधिकारीले जानकारी दिए।
विभिन्न दाताहरुबाट संकलित २ लाख बाट सुरु भएको अक्षयकोष अहिले १६ लाख पुगेको र यसलाई वृद्धि गर्दै आगामी बर्ष २० लाख पुर्याउने लक्ष्य राखिएको अधिकारीले बताए ।
दाता खतिवडाले आफुलाई सरकारले महिनाको ४ हजार रुपैयाँ दिएको र सो रकम सामाजिक क्षेत्रमा प्रयोग गर्न पाउँदा ज्यादै खुशी भएको बताए ।
वडाध्यक्ष किशोर कुमार पौडेलको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा खेम कुमार रिजाल लगायतको उपस्थिति रहेको थियो । प्रमुख अतिथी पौडेलले यसैबर्ष बाट स्कुल बस प्रत्येक विद्यार्थीको घर-घर पुग्ने गरि काम अगाडि बढाईएको बताए ।








