सम्पर्कविहीन भएको तारा एअरको नाइन एन–एइटी जहाजको खोजीका लागि चार जिल्लाको प्रहरी टोली परिचालन गरिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार मुस्ताङ,म्याग्दी,मनाङ र लमजुङबाट प्रहरी टोली खटाइएको छ । स्थानीयको सूचनाका आधारमा प्रहरी टोली विभिन्न स्थानमा खटाइएको हो ।
पोखराबाट जोमसोमतर्फ जाने क्रममा आज बिहान तारा एअरको जहाज सम्पर्कविहीन भएको हो । जहाजमा चालक दलका ३ सदस्यसहित २२ जना सवार छन् । त्यस्तै,जहाजको खोजीका लागि नेपाली सेनाको हेलिकोप्टर परिचालन भएको छ ।
Advertisement







