शिवसताक्षी नगरपालिकामा वर्षै देखि उठ्दै आएकाे दमकल खरिदको कुरा अब सम्बोधन हुने भएको छ । नेकपा एमालेकाे तर्फबाट मेयर पदकालागि टिकट पाएर चुनावी प्रचारमा होमिए संगै दमकल खरिद गर्ने भनेर घोषणा गरेका शिवसताक्षीका नव निर्वाचीत मेयर मेघहाङ्ग थोप्रा (रोषन) ले पदभार ग्रहण गर्दै नगरका लागि अति अावश्यक मानिएकाे दमकल खरिदकाे विषयलाई सम्बोधन गरेका छन । नगर प्रमुख थोप्राले आम जनसरोकारको विषयलाई पदभार ग्रहण भएकै दिन निर्णय गर्न पाँउदा गर्व लागेको बताए ।
नगरमा दमकल नहुदा विगतमा ठूलो आर्थिक तथा मानवीय क्षति भएकाे छ । करिव चार वर्ष अघि वडा नं ७ काे एक घरमा आग्लागी हुदा ४ जनाकाे ज्यान जानुका साथै ठूलो अार्थीक क्षति भएकाे थियो । त्यसपछि पनि थुप्रै अार्थीक क्षति नगरवासीले व्यहोर्दै अाएका थिए ।
प्रमुख थोप्राले पदभार ग्रहण संगै गरेकाे यो निर्णय शिवसताक्षी वासीका लागि ठूलो र महत्वपुर्ण कुरा हो । दमकल खरिदकै लागि थोप्राले प्रदेश १ सामाजिक विकास मन्त्रालयमा हस्ताक्षरित सिफारिस गरिसकेका छन ।
शिवसताक्षीवासि लाई मेयर थोप्राले दिने भए दमकल उपहार
शिवसताक्षीवासि लाई मेयर थोप्राले दिने भए दमकल उपहार
Advertisement
तपाईको प्रतिक्रिया







