• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

ठिक ढंगले चल्न नसके धेरै बालेनहरू जन्मिने र राज गर्ने : झलनाथ खनाल


  •    संवाददाता/ बिहिबार, जेठ १२, २०७९  

  • नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा सांसद् झलनाथ खनालले नीति तथा कार्यक्रममा धेरै राम्रा कुराहरू भएपनि कतिपय अधुरा र अपूरा रहेको बताएका छन् ।

    बिहीबार नीति तथा कार्यक्रमको छलफलका क्रममा उनले भने, “नीति कार्यक्रममा धेरै राम्रा छन् । कतिपय अधुरा, अपूरा कुराहरू छन् ।”

    Advertisement

    पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले खाद्यान्न संकट आउनसक्ने सम्भावना भएकाले त्यसमा सरकार गम्भीर बन्नुपर्ने बताए ।

    Advertisement

    कृषकले उत्पादन गरेको उपजलाई बजारमा पुर्‍याउने र मूल्य दिने नीति हालसम्म बन्न नसकेको उनले बताए । राज्यले समर्थन मूल्य नदिएसम्म उत्पादन नबढ्ने उनको भनाइ छ । त्यसमा नीति कार्यक्रमले ध्यान दिन नसकेको उनको टिप्पणी छ ।

    त्यसैगरी खनालले संविधानको मर्म र भावनालाई गम्भीरतापूर्वक लिनुपर्ने बताए । संसद्को पाँच वर्षको आयु टुंगिन लागेको बताउँदै उनले अन्तिम कार्यक्रममा पनि संविधानबमोजिम राष्ट्र अघि बढ्ने भन्ने कुरा समेटिन नसकेको बताए ।

    खनालले सिंगो भूमिको टुक्रा क्लिक गरेर हेर्न सक्ने तथ्यांक अद्यावधिक गर्न आवश्यक रहेको उनले बताए ।

    त्यस्तै भूसम्पत्तिको वितरण अन्यायपूर्ण रहेको भन्दै उनले त्यसलाई न्यायोचित बनाउनुपर्नेमा जोड दिए ।

    यी कुराहरू गर्न नसके राजनीतिक दलहरूको अस्थित्व समाप्त हुँदै जाने र काठमाडौं महानगरपालिकाको मेयर पदको नजिक पुगेका बालेन साहजस्ता व्यक्तिहरू जन्मने उनले बताए ।

    “।।।त्यसो गर्न सकेनौँ भने हामी इतिहासमा पछाडि छोडिँदै जानेछौँ । धेरै बालेनहरू जन्मिनेछन् । बालेनहरूले राज गर्नेछन् । पोलिकल पार्टीहरूको अस्थित्व र उपादेयता समाप्त हुँदै जाने छ । यदि ठिक ढंगले चल्न जानेनौँ र सकेनौं भने,” उनले भने ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    त्रिविको नतिजा एक महिनाभित्र सार्वजनिक गर्न निर्देशन
    बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    ताजा अपडेट
    • त्रिविको नतिजा एक महिनाभित्र सार्वजनिक गर्न निर्देशन
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.