नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो स्वास्थ्यमा समस्या आएको भन्दै सरकारको नीति तथा कार्यक्रममाथि बसेर सम्बोधन गर्न सुरु गरेका छन् ।
आजको प्रतिनिधिसभाको बैठकमा उनी प्रमुख प्रतिपक्ष दलको नेताको हैसियतमा नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी भएका हुन् ।
उनले सुरुवातमा नै बसेर सम्बोधन गर्ने जानकारी गराएका थिए ।
ओलीले स्थानीय तह निर्वाचनमा भोट तान्नका लागि मतदाताको हत्या गरिएको आरोप लगाएका छन् । उनले रुकुममा मतदाताको हत्या भएको बताए । यसबाहेक मतदातालाई छेक्ने, थुन्ने, भयभीत बनाउने काम भएको उनको आरोप छ ।
उनले सार्ने प्रयासका बाबजुद एमालेको तीव्र दबाबले निर्वाचन भएको बताए ।
उनले स्थानीय तह निर्वाचनमा सत्तापक्षले बुथ कब्जा गर्दा प्रहरी निरीह भएको बताएका छन् । बिहीबार
उनले सत्ता गठबन्धनले प्रतिपक्षलाई सिध्याउन खोजेको आरोप लगाए । उमेदवारलाई धम्क्याउने, उनीहरूको घरमा बम विस्फोट गराउनेलगायत काम भएको बताए । उनले शान्तिपूर्ण र स्वतन्त्र रूपमा निर्वाचन हुन नसकेको बताए ।
सत्तापक्ष आफैँले निर्वाचन शान्तिपूर्ण हुन नदिएको उनको भनाइ छ ।







