बिर्तामोड ९ । बिर्तामोड नगर प्रमुख पवित्रा महतरा प्रसाईले बिर्तामोडको खेतीयोग्य जमिनमा पाँच वर्षभित्र सिचाई सुविधा उपलब्ध गराउने सम्वन्धी पहिलो निर्णयमा हस्ताक्षर गरेकी छिन् ।
आज बिर्तामोड नगरपालिकामा कार्यभार सम्हाले लगत्तै उनले सिचाई सुविधा सम्वन्धी पहिलो निर्णयमा हस्ताक्षर गरेकी हुन् ।
स्यालाे ट्युवेल जडान, कुलाे तथा पैनी निर्माण गरी खेतीयाेग्य जमिनमा सिँचाइ सुविधा उपलब्ध गराउने पहिलो निर्णयमा नगर प्रमुख प्रसाईले हस्ताक्षर गरेकाे प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेले जानकारी दिए ।
पदभार ग्रहण गर्दे नगर प्रमुख प्रसाईले जनताको सेवकका रुपमा नगरको आर्थिक सामाजिक विकासमा कुनै कसर नराखी काम गर्ने प्रतिवद्धता व्यक्त गरेकी छिन ।यसैबीच उप- मेयर नगेन्द्र संग्रौला सहित वडाध्यक्ष सदस्यले पनि नगर परिषरमा आयोजित कार्यक्रमका बिच नगर प्रमुख प्रसाईं बाट सपथ लिएका छन् ।







