१. नेपालको चुनाव अत्यन्तै भड्किलो , अस्वस्थ, अराजक, आततायी र अस्थिर बन्दै गएको थियो । यसलाई जुनसुकै सर्तमा तोडिनु पर्थ्यो, त्यो कामको थालनि बालेन्द्र र हर्कहरुले शुरु गरे, तसर्थ उनिहरुलाई सलुट छ। बधाईका पात्र बनेका छन् ।
२. बालेन्द्र र हर्कको पृष्ठभूमि, लगनशिलता वा निरन्तरता फरक फरक देखिएको छ । परिवेश र मुद्दा पनि फरक ।त्यसको विश्लेषण बिश्लेषकहरुले गर्दै जालान। गर्ने नै छन् ।
३. कसैले युवाको आवाज समाते कसैले आम निम्नस्तरका, निमुखा जनताका दैनिक समस्या र समाधानका सुत्रहरु। त्यसैले जित्नै पर्थ्यो, यथेष्ट उमेदवार थियनन्, सिमित थिए। सिमितले जिते । जे भयो ठिक भयो र हुदै जाओस ।
४. जित्ने काबिल भएर जिते । आम मतदाता, आम जनता खुशी हुने क्षण प्राप्त भयो । जनताको अपार समर्थन र माया खनियो। सबैलाई साधुवाद। तर केही अवसरवादीहरु यसरी झुम्मिदै छन्, यसरी भन्किदैछन, यसरी बढाई चढाई गर्दै छन, यसरी मोहजाल फाल्दै छन , यसरी अगाँलो हाल्दै छन कि मानौ हर्क र बालेनलाई जित्ने मन्त्र, जुक्ति , शक्ति , साहस सबै उनैले दिएका थिए र तुरुन्तै आजै उनिहरुलाई स्वकीय सचिव नियुक्त गरिहाल्नु पर्छ। सचिवालय जिम्मामा दिईहाल्नु पर्छ। योजनकारको पदवी पनि थमाउनु पर्छ ।
५. डर र संसय यो छ कि अवसरवादीहरुलले गलत प्रयोग,गलत फाइदा र उनिहरुको नामै बदनाम नगरिदिउन।
६. अझ अर्को तितो, कहालिलाग्दो कुरा यो छ कि बालेन र हर्कहरुले कुनै जादुको छडि घुमाउन या मिर्याकल गरून्,यो ईम्पसिबल छ । यहि कानुन , यहि संविधान , यही राज्य संरचना , यही परिपाटी , यही प्रणालि। तिनै जुका, तिनै भाट, तिनै अवसरवादिहरुको चंगुल।बिचरा उनिहरुका हात खुट्टा यसरी बाधिने छन कि बिकासका काम त के हल्लिन पाउने छैनन् । असफल गराएरै छोड्छन् ।
. यी सब बेथिति चिर्न सकुन। नयाँ सन्देश दिन सकुन । नयाँ आशा, नयाँ उत्साह र बिकासका नयाँ मार्ग समात्न सकुन। केही छाप छोडेर जाउन्। जनताको भलाई होस्। शुभकामना ।







