शिवसताक्षी वडा नं. ९ मा काङग्रेस बाट गठबन्धनका वडाध्यक्ष पदमा डिल्ली लाल फेम्बू र नेकपा एमालेका तर्फवाट वडा चार सदस्य विजयी भएका छन् । नेकपा एमालेका छविलाल पाठकलाई हराउँदै गठबन्धनका फेम्बू विजयी भएका हुन् । पाठक निवर्तमान वडाध्यक्ष हुन ।
फेम्बूले १६ सय १७ मत प्राप्त गरेर विजयी भएको निर्वाचन कार्यालयले जनाएको छ । सदस्यमा नेकपा एमालेका महिला सदस्य रुका ढकाल, दलित महिला सदस्य रञ्जना कार्की (शिवा), खुल्ला सदस्यमा दलबहादुर योङ्गहाङ, झगरबहादुर अधिकारीले विजयी भएका छन ।
Advertisement







