काठमाडौं महानगरपालिकाको ७५ हजार ४२१ मत गन्दा मेयरमा स्वतन्त्र उमेदवार बालेन्द्र शाह (बालेन) ले २८ हजार ६६२ मत प्राप्त गरी अग्रता कायमै राखेका स्थानमा छन् ।
नेकपा एमालेका उमेदवार केशव स्थापित १५ हजार ३५९ मतका साथ दोस्रो स्थानमा छन् भने नेपाली कांग्रेसकी उमेदवार सिर्जना सिंहले १५ हजार ५७ मत प्राप्त गरी तेस्रो स्थानमा रहेकी छिन् ।
काठमाडौं महानगरपालिकामा अहिले वडा नं ६,७,८,९,२५,२६,२७,२९ र ३१ को मत गणना भइरहेको छ।
Advertisement







