• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बिर्तामोडमा एमालेको सरकार


  •    संवाददाता/ शुक्रबार, जेठ ०६, २०७९  

  • नेकपा एमाले बिर्तामोड नगरपालिकामा यसअघिको विरासत जोगाउँदै नगर प्रमुख र उपप्रमुख जित्न सफल भएको छ । पाँच दलीय गठबन्धनका नाममा भएको चौतर्फी घेराबन्दीलाई चिर्दै एमालेले नगर प्रमुख र उपप्रमुखमा जीत हासिल गरेको हो ।

    झापाली राजनीतिको केन्द्र मानिने बिर्तामोड नगरपालिकाको प्रमुखमा पवित्रा महतरा प्रसाई निर्वाचित भएकी छन् । नेपाली काङ्ग्रेसका उमेद्वार भोजराज सिटौलालाई तीन हजार भन्दाबढी मतान्तरले हराउँदै प्रसाई नगर प्रमुखमा निर्वाचित भएकी हुन् । उपप्रमुखमा एमाले नेता नगेन्द्र संग्रौला निर्वाचित भएका छन् ।

    Advertisement
    नगर प्रमुख पवित्रा महतरा प्रसाई

    महिला जनप्रतिनिधिको नेतृत्वमा नगर सञ्चालन भएको हेर्न चाहने मतदाताको रोजाईमा परेकी पवित्रा यसअघि उपप्रमुख थिइन् । दोस्रो कार्यकालका लागि नगरपालिकामा उनको राजनीतिक यात्राको ढोका खुलेको हो ।

    Advertisement

    एमालेविरुद्ध भइरहेको घेराबन्दीलाई तोडेर जीत हासिल गर्ने सक्षम उमेद्वारका रुपमा पार्टी नगर कमिटीले उनको नाम पहिलो नम्वरमा सिफारिस गरेको थियो । त्यसका आधारमा उनी उमेद्वार छानिएकी थिइन् ।

    उमेद्वार छनोटको प्राथमिक रणनीति अनुरुप पार्टीले गरेको आन्तरिक निर्वाचनमा पनि मेयरका आकांक्षी अन्य तीन पुरुष प्रतिस्पर्धी भन्दाबढी मत पवित्रालाई प्राप्त भएको थियो ।

    उप- मेयर नगेन्द्र संग्रौला                                              गठबन्धन दलका सीपी कडरियालाई हराउँदै एमालेका स्थानीय प्रभावशाली नेता नगेन्द्र संग्रौला उपप्रमुखमा निर्वाचित भएका छन् ।

    यसअघि बिर्तामोड–२ मा वडाध्यक्षका रुपमा प्रभावकारी कार्य सम्पादन गरेका संग्रौलालाई पार्टीले बलियो प्रतिस्पर्धीका रुपमा अगाडि सारेको थियो । उनले गठबन्धनका उमेद्वार कडरियालाई दोब्बर मतले हराएका हुन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    ताजा अपडेट
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.