प्रमुख प्रतिपक्ष दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर झापाको दमकमा एमाले पराजित भएको छ । यहाँ राप्रपाले नगर प्रमुख जितेको छ ।
जिल्ला निर्वाचन कार्यालयले दिएको जानकारीअनुसार ओलीको गृहनगर दमका राप्रपा प्रदेश १ अध्यक्ष राम थापा विजयी भएका छन् । उनले एमाले उमेदावरलाई ५५९ मतले पाजित गरे ।
विजयी थापाले १७ हजार ५२५ मत प्राप्त गरे । थापालाई नेपाली कांग्रेस माओवादी केन्द्रलगायत गठबन्धन दलले सहयोग गरेको थियो । उनको निकटतम प्रतिस्पर्धी एमालेकी नेतृ गीता अधिकारीले १६ हजार ९६६ मत प्राप्त गरिन् । नेतृ गीता पार्टी केन्द्रीय सदस्य तथा निर्वतमान उपप्रमुख समेत हुन् ।
उपप्रमुखमा भने कांग्रेस विजयी भयो । गठबधन्धन र राप्रपाको सहयोगमा कांग्रेस उमेदवार रेगिना प्रसाई विजयी भइन् । उनले १७ हजार ७२ मत पाउँदा निकटतम प्रतिस्पर्धी एमालेका अम्बिकाप्रसाद खनालले १६ हजार ५७४ मत प्राप्त गरिन् ।







