नेकपा एमालेका उपमहासचिव तथा सांसद प्रदीप ज्ञवालीले स्थानीय निर्वाचनको मतगणनामा राज्यसत्ताको दुरुपयोग गरिरहेको बताएका छन् ।
आज प्रतिनिधिसभा बैठकमा बोल्दै उनले मतगणनामा प्रतिनिहरुलाई सीडीओे तथा प्रहरी गएर धम्क्याउने गरेको दाबी गरे ।
“मतगणनामा समेत सीडीओ गएर धम्क्याउने हाम्रा मतगणना प्रतिनिधिहरुलाई सुरक्षाकर्मीहरु गएर धम्क्याउने काम भएको छ । राज्यसत्ताको दुरुपयोग भएको छ,” उनले भने ।
Advertisement







