शिवसताक्षीमा गएको दुई दिन देखि रोकिएको मत गणना सुचारु हुने भएको छ । आज बसेको सर्वदलिय बैठकले मत गणना सुचारु गर्ने निर्णय गरेसँगै वडा न. २, ३ र ४ को मत गणना एकै साथ हुने भएको हो ।
शिवसताक्षी वडा नं. १ को मत गणनामा मुचल्का गरिएको भन्दा खसेको मत संख्या परक परेपछि गठबन्धनको पुनः मत गणना गर्ने पर्ने माग थियो । उहाँहरुको निवेदनको आधारमा निर्वाचत आयोगलाई लेखी पठाउने सहमति भएको निर्वाचन अधिकृत मधु पोखरेलले जानकारी दिइन ।
शिवसताक्षी नगरपालिका वडा नं. १ का नेकपा एमालेका प्यानलै विजयी घोषित भएको केही घण्टा पछि गठबन्धनका उम्मेद्वार तथा कार्यकर्ताहरुले मुचुल्कामा उठाइएको मत संख्या भन्दा गणनामा कम आएको भन्दै आइतबार बेलुकाबाट गणना प्रकृया स्थगित गरिएको थियो ।
मत गणना आज ३ बजेबाट सुरु हुने निर्वाचन कार्यालयले जनाएको छ ।
Advertisement







