• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बालेनहरु !


  •    डेक बाँस्तोला/ सोमबार, जेठ ०२, २०७९  

  • बालेनहरु!
    निर्वाचनको इतिहासमा कहिले पुहातु चौधरी ,कहिले नाँनीमैँया दाहाल त कहिले बालेन्द्र शाहहरु देखा पर्छन ।
    जनताको समकालीन नेता र शासन प्रणाली प्रतिको बितृष्णाको परिणम होला । ती पतित् नेता र प्रणालीको गालामा हानीएका चड्कनका प्रतिक होलान । तर जसको उपलब्धि, परिणाम र रुपान्तरण शून्य सावित भएको छ र बाँकी पनि त्योभन्दा बढी केही हुने वाला छैन । उल्लेखित अघिल्ला दुई पात्र जोकरको रुपमा उभ्याएका कमजोर, असफल र गुमनाम भई बिलिन पात्र हुन भने तेस्रो पात्र बालेन तुलनात्मक रुपमा शिक्षित, सचेत र भावि सम्भावना बोकेका नयाँ जोस जाँगर सहितका युवा हुन । “म्यान अफ द ईलेक्शन“ को दर्ज्यानि चिन्ह जबर्जस्त भिर्याईएका, उनको वास्तविकता भन्दा धेरै माथि चढाईँदै गरेका निर्दोष पात्र हुन भन्ने लागिरहेको छ।
    बालेनले जितून, जित्नु पर्ने हो तर हामीले चाहेको हुने सम्भावना धेरै कम छ। म बालेनको सचिवालय सम्हाल्ने, प्रबक्ता बन्ने वा बालेनलाई मजाक उडाउने मध्य कुनै पनि लाईनमा पर्दिन ।
    जुन मुलुकमा “काङ्ग्रेसको सति-उनकी बेटी“ले जसरी पनि र जुनसुकै मूल्यमा पनि जित्नु पर्ने हुन्छ, त्यो मुलुकमा बालेन कसरी, के को बलमा, के को आड भरोशामा जितून? के यहाँ “न्याय र स्वतन्त्रता“को दियो पनि बल्छ र ?

    अहिले इलामको सन्दकपुरका तेइस बर्षे युवा सनम राईले बिजित नतिजा निकाल्दै गर्दा या कछुवा छापका बिद्रोही उमेदवारले बिजय हासिल गरि नेतृत्वमाथि धावा बोल्दै गर्दा अनि काठमाडौंका बत्तीस बर्षे बालेनले अबिजित अग्रता लिदै गर्दा आफुलाई बिद्रोहका सम्बाहक, अग्रगमनकारी, युवाका हिमायती,चेतनाको बिगुल फुक्ने, परिवर्तनका बाहक भनीने, क्रान्तिका पर्याय ठान्नेहरुले बालेनलाई बोक्दै गर्दा “जगन्नाथ“ लाई के ठानिरहेका ? सुनिता डंगोल चै सौताकि छोरी हुन ? उनको नाम त उच्चारण गरेको सुनीएन ।

    Advertisement

    सबै ठाँउमा बालेन र सनम खोज्नेहरुले, बिराटनगर,बिरगंज, ललितपुर,पोखरा र भरतपुरमा के खोजिरहेका ? के ललितपुरका चिरिबाबु बालेन हुन ? कि बिराटनगरका नागेश बालेन हुन ? कि बिरगंजका राजेश कुमार सिंह बालेन हुन? अनि भरतपुरको बालेन र सनम भनेकै उनकि “बेटी“ हुन? न्याय, समानता, बिद्रोह भनेको ७५२ पालिकामा बालेन र सनमको आगो फुक्नेका लागि बाँकि एक भरतपुरमा चाँहि के चिता बालीएको कि,जिब्रो थुतीएको ? कि बालेनको स्त्रलिङ्गी “उनी“ नै हुन ? त्यो बिद्रोहको आवाज कहाँ गयो नि ? बिचरा जगन्नाथ काङ्ग्रेसको एक भोट नपाई मर्ने भए । बिचरा बालेनको हालत भोलिका दिनमा के होला ?

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.