नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर झापाको दमक नगरपालिकाको प्रमुख पदमा राप्रपाका उमेदवारले अग्रता कायम गरेका छन् ।
राप्रपाका उमेदवार राम थापाले अहिलेसम्म दुई हजार ६४३ मत पाएका छन् । यसअघि, एमालेकी उमेदवार गीता अधिकारीले अग्रता कायम गरेकी थिइन् । अहिले अधिकारी १६८ मतले पछि परेकी छन् । उनले दुई हजार ४७५ मत ल्याएकी छन् ।
यसैगरी, नगर उपप्रमुख पदमा नेपाली कांग्रेसकी उमेदवार रेगिन भट्टराईले दुई हजार ५६० मत प्राप्त गर्दा एमालेका अम्बिका खनालले दुई हजार ३६७ मत ल्याएका छन् ।
Advertisement
दमकमा राप्रपा, नेपाली कांग्रेससहितका दलले चुनावी तालमेल गरेका थिए । मतगणना जारी छ ।







