चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनका तर्फबाट प्रमुख पदमा नेकपा माओवादी केन्द्रका उमेदवार रेनु दाहालको अग्रता घटेको छ । वडा नम्बर–२ को मतगणनामा नेकपा एमालेका उमेदवार विजय सुवेदीले मतान्तर घटाउँदै लगेका छन् ।
पछिल्लो मत परिणामानुसार दाहालले १४ सय ८४ मत ल्याएकी छन् । एमालेका विजय सुवेदीले १४ सय १० प्राप्त गरेका छन् । स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलले ४९७ मत पाएका छन् । वडा नम्बर–२ को ८०० मतगणना सकिएको छ ।
यसअघि, वडा नम्बर–१ को मतगणना सकिँदा दाहालले एक हजार १३८ मत प्राप्त गरेकी थिइन् । सुवेदीले एक हजार १५ मत पाएका थिए । पौडेलले ४२६ मत ल्याएका थिए ।
Advertisement







