• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

शिक्षा बहुउद्देश्यीय सहकारीद्धारा ८ प्रतिशत व्याजदरमा युवालाई कर्जा


  •    संवाददाता/ बुधबार, बैशाख २८, २०७९  

  • झापा ः शिक्षा बहुउद्देश्यीय सहकारी संस्था लि. बिर्तामोडले कृषि, पशुपालन तथा सेवा व्यवसायका क्षेत्रमा स्वरोजगार बन्न चाहने युवालाई लक्षित गरी सहुलियत दरको कर्जा उपलब्ध गराउन थालेको छ । युवा तथा साना व्यवसायी स्वरोजगार कोषमार्फत शिक्षा बहुउद्देश्यीय सहकारीले सानो लगानीमा सञ्चालन गर्न सकिने पेशा व्यवसायका लागि युवालाई सहुलियत दरको कर्जा उपलब्ध गराउन थालेको हो ।

    Advertisement

    स्वरोजगार कर्जाका लागि संस्थाले इच्छुक सदस्यबाट प्रस्ताव आह्वान गरेको थियो । प्राप्त प्रस्तावमध्ये छनोटमा परेका युवालाई अभिमुखीकरण कार्यक्रम आयोजना गरी पहिलो चरणमा ३७ लाख ५० हजार रुपैयाँ कर्जा लगानी गरिएको शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष सुब्रत न्यौपानेले बताए ।

    Advertisement

    युवा तथा साना व्यवसायी स्वरोजगार कोष र सहकारी संस्थाबीच कृषि, पशुपालन तथा सेवा व्यवसायका क्षेत्रमा स्वरोजगार बन्न चाहने युवाका लागि ७५ लाख रुपैयाँ लगानी गर्ने गरी गत चैतमा सम्झौता भएको थियो ।

    सम्झौता अनुसार प्रतिव्यक्ति अधिकतम् दुई जना लाख रुपैयाँका दरले कर्जा लगानी गरिएको संस्थाका उपाध्यक्ष हेमराज मिश्रले बताए । ‘सहुलियत व्याजदरमा युवाले स्वरोजगार कर्जा पाएका छन्’, उपाध्यक्ष मिश्रले भने, ‘आत्मनिर्भर बन्न चाहने सदस्यलाई यो कर्जाले महत्वपूर्ण काम गर्छ भन्ने हाम्रो विश्वास हो ।’

    संस्थाका व्यवस्थापक दीपेशकुमार धौरालीका अनुसार युवाले आठ प्रतिशत व्याजदरमा स्वरोजगार कर्जा पाउँछन् । ४० महिनाभित्र तिरिसक्ने गरी पहिलो चरणमा २२ जना युवालाई कर्जा लगानी गरिएको छ । स्वरोजगार कर्जा लगानी गरिएकामध्ये १२ जना महिला छन् । त्यसमा आदिवासी जनजाति समुदायका चारजना महिला छन् ।

    संस्थाका ऋण अधिकृत राजेन्द्र पोखरेलले कृषितर्फ ६० प्रतिशत र सेवा व्यवसायतर्फ ४० प्रतिशत रकम लगानी गरिएको बताए । संस्थाले अभिमुखीकरण कार्यक्रम आयोजना गरी छनोट भएका युवालाई चेक हस्तान्तरण गरेको छ ।

    कोषका जिल्ला सदस्य सचिव सन्तोष सापकोटाले अभिमुखीकरण कार्यक्रमको सहजीकरण गर्दै उद्यमशीलताको विकास गरी रोजगारी सिर्जना गर्ने अभियानमा सहकारी संस्थाले महत्वपूर्ण भूमिका खेलेको बताए ।

    सापकोटाले स्वरोजगार कर्जा लगानीको उद्देश्य, अहिलेसम्म प्राप्त भएको प्रतिफल, लगानी सीमा, व्याज अनुदान फिर्ता, व्यवसाय तथा व्यक्तिको बीमा लगायतका विषयमा प्रष्ट्याउँदै शिक्षा बहुउद्देश्यीय सहकारी संस्थालाई विश्वास गरेर कोषले दोस्रोपटक ७५ लाख रुपैयाँ उपलब्ध गराएको जानकारी दिए ।

    चेक हस्तान्तरण कार्यक्रममा बोल्दै संस्थाको लेखा समितिका संयोजक युवराज निरौलाले साना व्यवसायको प्रवद्र्धन र सवलीकरणमा सहकारी संस्थाले योगदान गर्दै आएको बताउँदै आगामी दिनमा सहुलियत कर्जाको दायरा फराकिलो बनाउँदै लगिने बताए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    ताजा अपडेट
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.