नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दमकको विकास विश्वमा नमूना हुने बताएका छन् ।
झापाको दमकमा भएको चुनावी सभामा ओलीले दमकको विकासलाई सबै क्षेत्रमा अनुकरण गर्न लायक बनाउने जनाएका हुन् ।
Advertisement
दमकको विकास हुन नदिनका लागि अहिले राजावादीलाई समेत काँग्रेस र माओवादी केन्द्रले बोकेर हिडेको भन्दै ओलीले यसलाई यहाँका जनताले विफल तुल्याएर विकास र सम्बृद्धिको पक्षमा एमालेलाई मत दिनेमा आफू विश्वस्त रहेको बताए ।
त्यसका लागि नगर प्रमुखमा गीता अधिकारी, उपप्रमुखमा अम्बिका खनालसहित एमालेका सबै उम्मेद्वारलाई जिताउन उनको आग्रह थियो ।
सामाजिक जीवनमा अहिलेसम्म कहीँ कतै पनि नचुकेको जनाउँदै अब पनि नचुक्ने पनि उनीहरुको प्रतिवद्धता थियो । चुनावी सभामा कम्तिमा पनि १० हजारको सहभागिता रहेको नेकपा एमाले दमक नगरकमिटीले जनाएको छ ।







