नेकपा एमाले बिर्तामोड नगरकमिटी इञ्चार्ज देवराज कार्कीले अवको ५ वर्ष भित्रमा बिर्तामोडलाई सुन्दर र लोभलाग्दो नगर बनाउने बताएका छन् ।
बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा एमाले बहुमतका साथ विजयी हुने विश्वास व्यक्त गर्दै उहाँले २०७४ सालको निर्वाचन अघि कुपोषण लागे जस्तो रहेको बिर्तामोडलाई अहिले ३५ वर्षको हट्टाकट्टा युवा जस्तो बनाएको बताए । इञ्चार्ज कार्कीले बिर्तामोडलाई अवको ५ वर्षमा एमालेको स्थानिय सरकारले १६ वर्षे युवा जस्तो सुन्दर,सफा,लोभलाग्दो र हरबरा बनाउने बताए ।
Advertisement







