हल्दिवारी २४ । नेकपा एमाले हल्दिवारीका उम्मेद्बारहरुले वडा नम्बर ३ का विभिन्न स्थानमा घरदैलो तथा कोणसभा सम्पन्न गरेका छन् ।
वडा नम्बर ३ का मेजर्नी चौक,ढडुवा,लक्ष्मी स्कुल चौक लगायतका स्थानमा र्याली कोणसभा र घरदैलो गर्दै जनताका आवस्यकता लाई मध्यनजर गर्दै बिकासको नमूना पालिका निर्माण गर्ने उद्घोष गरेका हुन् ।
चारकोसे जङ्गललाई बैज्ञानिक ठंगले समुचित बिकास गर्ने र आन्तरिक पर्यटन क्षेत्रको बिकासलाई प्रोत्साहन गर्ने बताएका छन् । हात्ती नियन्त्रण गर्न संघीय र प्रदेश सरकार संग समन्वय गर्दै दिगो बिकासका आधारशिला तय गरिने अध्यक्ष पदका उम्मेद्बार डम्बरबहादुर गिरिले बताए ।
उनले अघिल्लो कार्यकालमा गाउँपालिक लाई बिकासको बाटोमा हिडाउन आफुले पहल गरेको दाबी गर्दै गिरिले अब युवा,महिला मैत्री पालिका निर्माण गर्ने बताए। यस्तै उपाध्यक्ष पदका उम्मेद्बार शान्तादेवी गौतमले महिलाका विषय मात्र नभएर न्याय सम्पादन ,शिक्षा स्वास्थ्य जस्ता जनता संग प्रत्यक्ष जोडिने कुरामा संबोधन गर्न अधिकतम मात्रामा लाग्ने बताईन ।
वडा नम्बर ३ का वडाध्यक्षका उम्मेद्बार बिष्णु प्रसाद ओलिले शिक्षा लाई प्रोत्साहन र जंगली हात्तीलाई निरुत्साहित गर्ने गरिका कार्यक्रम संचालन गर्ने प्रतिबद्धता जनाएका छन् ।







