हल्दिवारी २४ । नेकपा एमाले हल्दिवारी गाउँकमिटीले आफ्ना जनवर्गीय संगठन लाई पार्टीका एजेन्डा सहित मतदाता शिक्षा कार्यक्रमलाई ब्यक्ति – ब्यक्ति समक्ष पुर्याउन निर्देशन दिएको छ ।
चुनाव परिचालन कमिटी संयोजक सोमनाथ पोर्तेलको अध्यक्षतामा आयोजित बैठकले आफ्ना १२ वटा संगठनलाई पार्टीको मुल प्रबाहमा रहि गतिविधिलाई तिब्रता तीन आग्रह गरेको छ ।
बुद्धिजीवी परिषद ,किसान महासंघ ,अनेमा संघ ,खेलकुद महासंघ ,आदिवासी जनजाति महासंघ राष्ट्रिय युवासंघ लगायतको सहभागिता रहेको गाउँकमिटी इन्चार्ज तथा परिचालन कमिटी सचीव नरेश चुडालले जानकारी दिए । कार्यक्रममा संगठनका नेताकार्यकर्ताले एमालेका सूर्य ध्वजाबाहक उम्मेद्बारहरुलाई बिजयी गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
५ वटा वडा रहेको हल्दिवारीमा एमालेका अध्यक्ष ,उपाध्यक्ष ,वडाध्यक्ष र सदस्य गरि २७ जनाले उम्मेद्बारी दिएका छन् । गत २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा उपाध्यक्ष सहित दुई तिहाई बहुमत प्राप्त गरेको थियो ।







