• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

राजनीतिको रंगमञ्चमा राहुल


  •    संवाददाता/ शुक्रबार, बैशाख २३, २०७९  

  • बिर्तामोड २३ । जसोतसो व्यापारिक सहरको विरासत जोगाइरहेको बिर्तामोड । त्यही विरासतको पृष्ठभूमिमा जन्मिएर हुर्कीबढी गरेको मारवाडी समुदायको एउटा युवा राहुलकुमार शर्मा । हो, राहुललाई नचिन्ने कम छन् ।
    स्थानीयदेखि केन्द्रसम्म एमाले नेताको नजरमा छन् राहुल । एमालेबाट वडाध्यक्षका दावेदार उनलाई विपक्षी पार्टीका नेता कार्यकर्ताले पनि नचिन्ने कुरै भएन । २०७४ सालको स्थानीय तह निर्वाचनमा बिर्तामोड वडा नम्वर–४ बाट सदस्य पदमा सर्वाधिक १२५३ मत ल्याएर बिजयी भइरहँदा राहुलको चर्चा स्थानीय राजनीतिमा थप चुलिएको थियो ।
    जनप्रतिनिधिका रुपमा बिर्तामोड नगरपालिकामा तय भएको राहुलको राजनीतिक यात्रा वर्तमानमा फराकिलो भएको छ ।
    राजनीतिको रंगमञ्चमा आशालाग्दो एउटा युवा प्रतिभाका रुपमा राहुल आफ्ना पाइलाको गति बढाउँदैछन् । वडा सदस्यमा बिजयी भएपछि जनस्तरको सेवामा राहुलले जुन योगदान गरे, त्यसले उनको आगामी राजनीतिक यात्राको ढोका खोलिदिएको छ । इमान्दारिताको कसीमा कुनै दाग नलागेका राहुल जनसेवाको त्यही पृष्ठभूमिबाट बिर्तामोडको राजनीतिमा उदाउन खोजिरहेका छन् ।

    सहरबासी मतदाताको आकाङ्क्षाका युवा साक्षी हुन् राहुल । जसले व्यवसायिक क्षेत्रमा फड्को मारेको बिगतको बिर्तामोड र अहिलेको स्थितिका विषयमा पर्याप्त जानकारी राखेका छन् । मारवाडी समुदायका ३३ वर्षीय यी युवाको आलो जोश वडाबासी मतदाताको नजरभन्दा बाहिर छैन् । बाबु सन्तोष शर्मा र आमा सन्तोषदेवी शर्माको कान्छो छोराका रुपमा जन्मिएका राहुल यही माटोको सुगन्धले भिजेका छन् ।
    राहुलको पुख्र्यौली वंश परम्पराको व्यवसायिक श्रृङ्खलामा २०३२ सालदेखि बिर्तामोडमा कलकत्ता मिष्ठान्न भण्डार सञ्चालनमा छ । त्यही कलकत्ता मिष्ठान्न भण्डारका कान्छा साझेदार राहुल बिर्तामोड–४ को वडाध्यक्षका उमेद्वार छन् । राहुलका बाबु सन्तोषको स्वामित्वमा चलेको कलकत्ता मिष्ठान्न भण्डारलाई थाहा नपाउने र नजान्ने कोही छैनन् । बरु मिठाई र समोसाको स्वादले उनीहरुलाई सधैँ कलकत्ता भण्डारप्रति आकर्षित गरिरहेकै छ ।

    Advertisement

    २०५५ देखि सञ्चालनमा आएको पारिक फ्रुड प्रोडक्टका प्रोपाइटर राहुलको राजनीतिक यात्रा व्यवसायसँगै अगाडि बढेको हो । वाणिज्य शास्त्रमा स्नातक राहुल सामाजिक अभियानमा पनि सहभागी छन् । मारवाडी सेवा समितिको उपाध्यक्षका रुपमा उनको कार्यकाल चलिरहेको छ । मारवाडी युवा मञ्चका केन्द्रीय सदस्य राहुलको राजनीतिक यात्रा चाहिँ युवा संघबाट सुरु भएको थियो । उनी राष्ट्रिय युवा संघका वहालवाला केन्द्रीय सदस्य हुन् ।

    Advertisement

    कलेज पढ्दै गर्दा उनी २०६४ मा युवा संघको क्षेत्रीय सदस्य भए । क्रमश मेची अञ्चल कमिटी सदस्यबाट प्रदेश हुँदै केन्द्र सम्मको भूमिका र जिम्मेवारी उनलाई प्राप्त भयो । वडा सदस्य निर्वाचित भइरहँदा उनले मेलमिलाप केन्द्रको संयोजकका रुपमा पनि काम गर्ने मौका पाए । वडाका पाँचसय भन्दाबढी मुद्दा उनको अग्रसरतामा मिलाइयो । संवादका लागि तयार भइरहँदा राहुलले वडाध्यक्षमा आफ्नो जीतका केही आधार कारण प्रस्तुत गरेका छन् ।

    १. वडामा जनप्रतिनिधिका रुपमा प्राप्त गरेको पाँचवर्षे अनुभव । २. नेकपा एमालेको बलियो संगठन संरचना र पार्टीप्रति वफादार तथा इमान्दार कार्यकर्ता पङ्तिको सहयोग । ३. जनस्तरमा पुगेर निरन्तर सेवा गर्न सक्ने व्यक्तिगत खुवी । ४. युवाको सोच र भावनालाई आत्मसात गरेर अगाडि बढ्न सक्ने सामथ्र्य । ५. वडालाई नमुना बनाउने दृढ इच्छाशक्ति र अवधारणा ।
    यी आधार कारण बाहेक राहुल समयको बेगलाई चिन्न सक्ने परिस्थितिमा छन् । उनले बिर्तामोड वडाबासी मतदाताको भावनालाई सधैँ सम्मान गर्ने बताए । स्थानीय तह निर्वाचनको मैदानमा उभिरहँदा राहुलसँग दृढ आत्मविश्वास, मतदातासँगको भरोसा र स्वाभिमान छ । उनलाई बिजयको शुभकामना ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.