बिर्तामाेडमा यतिबेला चुनावी माहाेल तातीएकाे छ । विभिन्न राजनितीक दलका नेता तथा कार्यकर्ता यतिबेला बिर्तामाेडका चाेक, गल्लि हुदै नगरवासीका घर घरमा भाेट माग्न पुगी रहेका छन । यस्ताेमा आज बिर्तामाेड न पा २ मा नेकपा एमालेले तिव्र प्रचार प्रसार गरेकाे छ। बिर्तामाेड न.पा का लागि नेकपा एमालेकि मेयर पदकि उमेद्वार पवित्रा महतरा प्रसाइ र उपमेयरका उमेद्वार नगेन्द्र प्रसाद संग्राैला सहित २ नं वडा अध्यक्ष किशाेर कुमार पाैडेल र सदस्यहरूकाे टाेलीले आज घर दैलाे कार्यक्रम गरेकाे हाे । घरदैलाे संगसगै काेणसभा गरि एमालेले गरेका कामकाे समिक्षा पनि गरेकाे छ । सुसाशन समृद्वि र समाजवादकाे आधार बिर्तामाेड नगरमा एमालेकाे सरकार भन्ने नारालाइ आत्मसाथ गरेकाे नेकपा एमाले अहिले नगरका वडा-वडामा चुनावी प्रचारमा व्यस्त छ।
Advertisement







