स्थानीय तह निर्वाचन नजिकिदै छ । यस्ताेमा शिवसताक्षीनगर क्षेत्रभित्र भने अन्य पार्टीका कार्यकर्ताहरूकाे पार्टि परित्याग गरी एमाले प्रवेश गर्ने लहर चलेकाे छ ।
आज शिवसताक्षी ११ मा एमाले चुनाव प्रचारप्रसार समितिको कार्यलयमा एक कार्यक्रमका बीच २२ जना एमाले प्रवेश गरेका छन। उनीहरुलाई पार्टीले चुनाव प्रचार प्रसारकाे जिम्मेवारी दिएेकाे छ ।
उनीहरुलाई एमाले नगर अध्यक्ष तथा मेयर पदका उम्मेद्वार रोशन थोप्रा, उपमेयरकी उम्मेद्वार नरमाया कार्की लगायतले अविर लगाई पार्टी प्रवेश साथै स्वागत गरेका छन् ।
Advertisement
नवप्रवेशी कार्यकर्ताहरूले कार्यक्रममा बाेल्दै कांग्रेस र माअाेवादि प्रति विस्वाश नरहेकाे भन्दै अाक्राेश पाेख्नुका साथै अव एमाले वाट देश निर्माणकाे बाटाेमा लाग्ने बताए ।







