झापाका १३९ जना उम्मेदवारहरुले उम्मेदवारी फिर्ता लिएका छन् ।
उम्मेदवारी फिर्तापछि अब उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन कार्यालयले जनाएको छ ।
निर्वाचन कार्यक्रम अनुसार हिजाे उम्मेदवारी फिर्ताको समय रहेको थियो ।हिजाे साँझ ५ बजेसम्म त्यति उम्मेदवारहरुले उम्मेदवारी फिर्ता लिएको निर्वाचन कार्यालय झापाले जनाएको छ । वागी उम्मेदवारी दिनेहरुले धेरैजसाे उम्मेदवारी फिर्ता लिएका छन । एकीकृत समाजवादीका धेरै उम्मेदवारहरुले मनोनयन फिर्ता लिएका छन् । उम्मेदवारी फिर्ता लिनेहरुमा प्रमुख – उपप्रमुख ,अध्यक्ष – उपाध्यक्ष , वडा अध्यक्ष र सदस्य पदका उम्मेदवारहरु रहेका छन् । झापामा २ हजार ९ सय २६ जनाले उम्मेदवारी दर्ता गराएका थिए ।
Advertisement







