• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

झापामा आचारसंहिता अनुगमन समिति गठन, वैशाख २० मा विश्व प्रेस स्वतन्त्रता दिवस मनाइने


  •    संवाददाता/ बिहिबार, बैशाख १५, २०७९  

  • बिर्तामोड ५।  नेपाल पत्रकार महासंघ झापा शाखाले आसन्न स्थानीय तह निर्वाचनमा पत्रकार आचारसंहिता र निर्वाचन आचारसंहिताको पालना गर्दै तटस्थ भूमिका निर्वाह गर्न सबै पत्रकारलाई आग्रह गरेको छ ।  आचारसंहिताको पालनाका लागि महासंघका सदस्य, सञ्चारकर्मी तथा सञ्चारमाध्यमहरु सबैमा अपिल गरेको हो ।

    महासंघका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा विहीबार बिर्तामोडमा सम्पन्न १३ औं वैठकले आसन्न स्थानीय तहको निर्वाचनका सन्दर्भमा महासंघ तथा समग्र सञ्चार क्षेत्रले गर्नुपर्ने कार्य र जिम्वेवारीका बारेमा विभिन्न निर्णय गरेको छ ।

    Advertisement

    वैठकपछि सचिव डिकेश लामाले विज्ञप्ति मार्फत निर्णय सार्वजनिक गरेका छन् ।
    झापामा निर्वाचनका समयमा महासंघका सदस्यहरु, सञ्चारकर्मी तथा सञ्चारमाध्यमहरुको भूमिकाको अनुगमन गरी यथार्थ विवरण संकलन गर्न महासंघको आचारसंहिता अनुगमन समिति गठन भएको छ ।

    Advertisement

    समितिमा उपाध्यक्ष केशव भट्टराई संयोजक, सहसचिव अर्जुन राजवंशी तथा कार्यसमिति सदस्यहरु अच्युत सुवेदी, चिरञ्जिवी घिमिरे, सुनिरा मैनाली, स्वस्तिका आचार्य र विनोद पाण्डे सदस्य रहेका छन् ।

    आचारसंहिता कार्यान्वयनको अवस्थाको नियमित अनुगमन गरी सो को प्रतिवेदन महासंघ झापाको कार्यसमिति र अनुशासन समितिलाई बुझाउन वैठकले अनुगमन समितिलाई निर्देश गरेको छ ।

    साथै नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको बैठकले महासंघका कुनै पनि संरचनामा रहेका पदाधिकारी वा सदस्यहरु स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेमा संस्थाको विधानको मर्म र व्यवस्था अनुसार सोही समयदेखि कायम रहेको पदबाट स्वतः पदमुक्त हुन जाने भनी गरेको निर्णयको महासंघ झापा शाखाले स्वागत गर्दै उक्त निर्णय कार्यान्वयन गर्न अनुरोध गरेको छ ।

    पत्रकार तथा सञ्चारमाध्यमलाई  निर्वाचन आचारसंहिता २०७८ को प्रतिकुल काम नगर्न महासंघले आहृवान गरेको छ ।

    निर्वाचन आचारसंहितामा सञ्चार प्रतिष्ठान, सम्बद्ध कर्मचारी तथा पत्रकारले कसैको पक्ष वा विपक्षमा एसएमएस, फेसबुक म्यासेन्जर, ट्विटर, युट्युव र इन्स्टाग्राम जस्ता विद्युतीय माध्यमको प्रयोग गरी कुनै पनि सामग्री प्रकाशन, प्रसारण वा संप्रेषण गर्न तथा त्यस्ता सामग्री सामाजिक सञ्जालमा सेयर, लाइक, कमेन्ट वा प्रतिकमेन्ट गर्न नहुने उल्लेख छ ।

    यो व्यवस्थाको पालना गर्दै सत्य, तथ्य, निष्पक्ष र तटस्थ सूचना संप्रेषण गर्ने पत्रकारको मूल दायित्वको हेक्का राखिदिन महासंघ सबैमा आग्रह गरेको छ ।

    त्यस्तै महासंघ झापा शाखाले  विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा २० बैशाख २०७९ (३ मे २०२२) मंगलबारदेखि झापाको लखनपुरमा ‘पत्रकारिताको बदलिँदो आायाम ः अनलाइन पत्रकारिता, लेखन र समाचार कक्षको भूमिका’ विषयक दुई दिने प्रशिक्षण सञ्चालन गर्ने निर्णय गरेको छ ।

    प्रशिक्षणमा जिल्लाका क्रियाशील ३५ जना पत्रकार सहभागी हुनेछन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    ताजा अपडेट
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.