• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

संघर्षबाट राजनीतिमा उदाएका किशोर


  •    संवाददाता/ बुधबार, बैशाख १४, २०७९  

  • राजनीतिमा संलग्न हुन उनको पारिवारिक पृष्ठभूमि पर्याप्त थियो । उनको मावलका हजुरबा रामनाथ दाहाल, जो नेपालको ऐतिहासिक राजनीतिक क्रान्ति झापा विद्रोहका अगुवा थिए । निरङ्कुश राज्य सत्ताको हुकुमी शासनविरुद्ध राजनीतिको मैदानमा उत्रिँदा रामनाथ मारिए । झापा इलामको सीमावर्ती सुखानीमा मारिने पाँच कम्युनिष्ट योद्धा मध्येका एक थिए उनी ।

    मावली हजुरबाको ‘जनतामा समर्पित राजनीतिक जीवन’ले उनलाई समाज परिवर्तनको मूल प्रवाहमा लाग्न प्रेरित गरेको हो । त्यसो त उनकी आमा शान्ता पनि राजनीतिक ‘करियर’मा संघर्षशील महिला हुन् । २०४७ देखि अनेमसंघको सदस्य रहेकी शान्ता केहीवर्ष इजरायल बसेर फर्किएकी हुन् । हाल उनी २ नम्वर वडाको इन्चार्ज छिन् । लोपोन्मुख पञ्चेबाजाको संरक्षण अभियानमा पनि शान्ताको अग्रसरता छ ।

    Advertisement

    राजनीतिको रापले पनि होला, उनी खारिँदै गएका छन् । समाज परिवर्तनको प्रवाहमा विगुल फुक्न उनलाई आमाको राजनीतिक सक्रियताले पनि उत्साहित गरेको छ । उनी अर्थात झापा चारपानेको बेलडाँगीका ४१ वर्षिय किशोर कुमार पौडेल । तिनै पौडेल यतिबेला बिर्तामोड वडा नम्बर–२ को नेतृत्व गर्न खोजिरहेका छन् । २०७४ को स्थानीय तह निर्वाचनमा नेकपा एमालेका तर्फबाट वडा सदस्यमा बिजयी भएका पौडेल यसपटक अध्यक्ष हुने कसरतमा छन् ।

    Advertisement

    जनताको सारो, गारो र अप्ठ्यारोका साक्षी हुन् किशोर । दिन होस वा रात, उनीहरुको सेवामा उनी दौडिन्छन् । कामले काम सिकाउने उनको मान्यता राजनीतिमा आउन चाहने युवाका लागि प्रेरणा हो । राजनीतिक संरचनाको तल्लो इकाइबाट माथि उठ्न चाहनेहरुका लागि किशोर प्रतिनिधि पात्र हुन्, जो सामाजिक अभियानमा आफूलाई समर्पित गर्दै अगाडि बढेका छन् ।

    बाल कल्याण मावि चारपानेबाट २०५३ मा एलएलसी पास गरेपछि किशोर उच्च शिक्षा अध्ययनका लागि काठमाडौँ गए । मीनभवन क्याम्पसमा भर्ना भएपछि उनले अनेरास्ववियूको सदस्यता लिए । आइकम सकेपछि २०५७ मा चिनियाँ परियोजनामा एक वर्ष जागिर खाए । २०५८ मा होटल म्यानेजमेन्ट पढ्न उनी सिंगापुर हानिए । २०६३ मा स्वदेश फर्किएपछि २०६७ सम्म उनी काठमाडौँमा बसे ।

    काठमाडौँ बसाईपछि उनी झापा फर्किएका हुन् । त्यसयता स्थानीय राजनीतिमा उनको सक्रियता बढेको हो । जीवनयापनका लागि घरमा ‘रातो भाले रेष्टुरेष्ट’चलाउन थालेका पौडल २०७१ देखि पार्टी कमिटीमा निरन्तर क्रियाशील छन् । २०७१ देखि वडा कमिटी सचिवको जिम्मेवारी सम्हालेका उनी २०७४ को स्थानीय तह निर्वाचनमा एमालेका तर्फबाट वडा सदस्यमा विजयी भए ।

    किशोर अहिले एमाले नगर कमिटीका सदस्य छन् । उनको नेतृत्वमा स्थानीय बीर अमरसिंह माविले शैक्षिक क्षेत्रमा काँचुली फेर्दै गएको छ । विद्यालय व्यवस्थापन समितिको अध्यक्षका हिसावले उनी शैक्षिक गुणस्तर सुधारको अभियानमा सक्रिय छन् । वडा सदस्य भइरहँदा उनले मेलमिलाप केन्द्रको संयोजक भएर पनि सशक्त भूमिका निर्वाह गरे । वडामा उनको सक्रियतामा ४४६ भन्दा बढी मुद्दाको छिनोफानो भयो ।

    किशोर युवासँग धेरै नजिक छन् । बालबालिका उनका लागि झन् प्रिय लाग्छन् । सम्वादका लागि तयार भइरहँदा उनी नानीबाबुसँग फुटवल खेलिरहेका थिए । मोवाइलमा लत बसेका साना नानीहरुलाई भुल्याउन उनी आफैँ पनि उनीहरुसँग खेल्न जान्छन् । बृद्धबृद्धा, अपाङ्ग र दीनहीनका लागि पनि किशोर हाजिर छन् । लालमाटी युवा क्लवको अध्यक्ष भएर उनले युवामा सीप तथा क्षमताको विकासका लागि पनि योगदान गरेका छन् ।

    माफियाले हडपेका सर्व साधारणका जग्गा फिर्ता गराउन पनि उनले आफ्नो कार्यकालमा महत्वपूर्ण भूमिका खेलेका छन् । ‘पीडितको पक्षमा उभिएर काम गर्न पाउँदा ठूलो आनन्द लाग्छ । उनीहरुको न्याय पाउने आशा र भरोसाका केन्द्र भनेकै जनप्रतिनिधि हुन्’, किशोर भन्छन्, ‘आम मतदाताको विश्वासको जगमा मेरो राजनीतिक भविष्य अडेको छ ।’

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.