स्थानीको तहको चुनाव नजीकिदै गर्दा झापामा सवै राजनितिक पार्टीले आआफ्ना उमेद्वारको मनोनयन
दर्ताकार्य गरिसकेका छन भने केहिले अन्तिम चरणमा पुर्याएका छन । मनोनयन दर्ता गरीसकेका पार्टी र कार्यकरता आआफ्ना पार्टीका झण्डा र एजेण्डा लिएर
सडकमा देखिन थालेका छन । चुनावी रौनक देखिन थालेको झापामा मुख्यतय एमाले,सत्तारूढ गठवन्धन र राप्रपा बिच कड टक्कर हुने देखिएको छ।
यसअघिको चुनावमा स्थानीय तहमा महिला प्रमुख नभए पनी यसपाली महीला प्रमुखको उमेद्वारि राम्रै देखिएको छ ।
महिलामात्र नभएर यस चुनावमा युवा सहभागिता पनि देख्न सकिनेछ भने पुर्वजाप्रतीनिधि भने कमै मात्र दोहोरिने भएका छन ।
यसपाली झापामा एमाले र कांग्रेस मात्र नभएर राप्रपाले पनि कडा टक्कर दिने देखिएको छ ।
चुनाव नजिकिदै गर्दा स्थानिय नेता कार्यकर्ता मात्र नभइ केन्द्र देखिका नेता पनि सडकमा देखिन थालेका छन भने दलले आआफ्ना चुनाव प्रचार प्रसार समिति समेत घोषणा गरेका छन ।







