मेयरको उम्मेदवार छनोटमा घात भएकाे भन्दै झापाकाे कन्काइ नगरपालिका नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि शेरबहादुर थापाले साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका छन्।
कनकाईको मेयरका आकांक्षी थापाले जिल्ला र प्रदेश नेतृत्वले टिकट नदिएपछि राजीनामा दिएका हुन् । टिकट दिने विषयमा जिल्ला सभापति देउमान थेबे र प्रदेश १ सभापति उद्धव थापा सकारात्मक नभएको उनले बताएका छन् । कांग्रेस कनकाईको मेयरमा रुद्र चिमरियाले टिकट पाएका छन् ।
Advertisement
थापाले सामाजिक सञ्जालमा स्टाटस लेख्दै साधारण सदस्यसमेत नरहने गरी नेपाली काँग्रेस परित्याग गरेको घोषणा गरेका हुन् ।







