जिल्ला प्रहरी कार्यालय पाँचथरमा कार्यरत झापा बिर्तामोड निवासी प्रहरी सहायक हवल्दार खगेन्द्र श्रेष्ठ मृत अबस्थामा फेला परेका छन् ।
कुम्मायक गाउँपालिका स्थित ओर्दिनमा हिजो उनी मृत अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यलय पाँचथरले जनाएकाे छ ।
Advertisement
त्रिशाली मेलाको सुरक्षाका लागि प्रहरी सहायक हवल्दार श्रेष्ठ यासोक गएका थिए । उनी बैशाख ३ गते बेलुकादेखि हराएका थिए । खोजतलास गर्नेक्रममा उनी ओर्दिनमा मृत अबस्थामा भेटिएका हुन् । मृत अबस्थामा भेटिएका श्रेष्ठको बिषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।







