राष्ट्रिय प्रजातन्त्र पार्टीले बिर्तामोड नगरपालिकामा मेयर उपमेयरसहित १० वटै वडाका अध्यक्ष र सदस्यहरुको उम्मेदवारको टुंगो लगाएको छ ।
राप्रपाका तर्फबाट मेयरमा ध्रुव उप्रेती र उपमेयरमा रन्जु प्याकुरेल उम्मेदवार बन्ने भएका छन् । त्यस्तै वडाध्यक्षमा वडा नं १ मा जनक खड्का, २ मा शंकर रिजाल , ३ मा किरण पौडेल , ४ मा यज्ञराज प्रसाई , ५ मा प्रकाश घिमिरे , ६ मा राजु पौडेल , ७ मा नवराज भट्टराई , ८ मा अजय कार्की , ९ मा कर्णबहादुर कार्की र १० मा पृथ्वी बस्नेतले उम्मेदवारी दिने भएका छन् ।
Advertisement







