झापा बुद्धशान्ति गाउँपालिकाका जनप्रतिनिधिहरुले राजिनामा दिन सुरु गरेका छन् ।
आजसम्म् उपाध्यक्ष र वडाअध्यक्षसहित १२ जना जनप्रतिनिधिहरुले राजिनामा दिइएका छन् । उ
हालसम्म गाउँपालिका उपाध्यक्ष मिरा भुर्तेल,वडा नम्बर ७का वडाध्यक्ष मातृकाप्रसाद पौडेलले राजिनामा दिइसकेका छन्।
Advertisement
उपाध्यक्ष भुर्तेल नेकपा एमालेबाट अध्यक्ष पदका लागी दाबेदार हुन ।
कार्यपालिका सदस्यहरु रोहित तोलाङ्गी र दुर्गा पोख्रेलले पनि राजीनामा दिएका छन्।
त्यस्तै वडा नम्बर २ का वडासदस्य नेत्र गौतम, वडा३ का पर्शुराम चेमजोङ, ४ का फौदराज शेर्मा, वडा ५ का डेगेन्द्र कार्की , देउमाया दर्नाल र रिता चौधरी, वडा ६ कि रेखा मग्रान्ती र वडा ७ का मातृकाप्रसाद निरौलाले राजिनामा दिएका हुन् ।
निर्वाचन आयोगले आइतबार र सोमबार मनोनयन दर्ता गर्ने समय तोकेको छ ।







