२ बैशाख बिर्तामोड । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य लोकवन्धु कन्दङ्गवासहित झापाका २ भन्दा बढीले पार्टी परित्याग गरेका छन् । प्रेस विज्ञप्ती जारी गर्दै कन्दङ्गवाले केन्द्रिय सल्लाहकार गोपिचन्द्र गिरी,जिल्ला कमिटि सदस्य प्रकाश पुरी,महेन्द्र प्रसाद खरेल,गीता कँडेल सहित सयौं कार्यकर्ताले पार्टी परित्याग गरेको घोषणा गरेका 
विज्ञप्तीमा एकीकृत समाजवादी पार्टीले व्यवहारिक,सैदान्तिक,आर्थिक लगायत कुनै पनि दृष्ट्रिकोणले पार्टी फुटको औचित्य प्रमाणित गर्न नसकेको,एमसिसि परीयोजनालाई संसदबाट पास गर्न सहयोग पुर्याएर राष्ट्रघाति र नवप्रतिगामि कित्तामा राखेको हुनाले आफुहरुले पार्टी परित्याग गरेको जारी बिज्ञप्तिमा उल्लेख गरीएको छ ।
Advertisement







