• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बिद्यालय ब्यबस्थापन समितिको चुनाव दलहरुको शक्ति मापन


  •    संवाददाता/ आइतबार, चैत १३, २०७८  

  • स्थानीयतहको निर्वाचन झै गरि बिर्तामोड ५ को देवी माविमा विद्यालय व्यवस्थापन समितिको निर्वाचन लागेको छ ।

    राजनीतिक शक्ति मापनको रुपमा लिनेगरी चुनावी प्रतिष्पर्धामा दुईवटा प्यानल उत्रिएका छन् । एउटा सदस्य पदका लागि नेकपा एकीकृत समाजवादी ,नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र एकातिर छन् भने अर्कोतिर राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा एमाले छन् । चारवटा सदस्य पदमध्ये तीनवटा सर्वसम्मत भइसकेको अबस्थामा एउटा सदस्य पदका लागि ती दुई गठबन्धनले चुनावी भिडन्त गर्न लागेका हुन् ।
    सत्तारुढ गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीले सदस्यमा रतन राजवंशीलाई उठाएको छ भने विपक्षीका तर्फबाट राप्रपाले सोही पदमा मेदनी विकलाई उम्मेद्वारी दिन लगाएको छ । राजवंशीले भाले र विकले माछा चुनाव चिन्ह पाएका छन् ।

    Advertisement

    यसअघि नेपाली कांग्रेसका तर्फबाट मदनकुमार नेम्बाङ, माओवादी केन्द्रका तर्फबाट अनिमा राजवंशी र नेकपा एमालेका तर्फबाट दमयन्ता खतिवडा सदस्य पदमा सर्वसम्मत भइसकेका छन् । यही चैत १५ गते विद्यालय व्यवस्थापन समितिको निर्वाचन तोकिएको छ । आफूहरुले बाँकी एउटा पदमा पनि सर्वसम्मत गराउने प्रयास गरिरहेको विद्यालयकी प्रधानाध्यापक अम्बिका श्रेष्ठले बताइन् । सर्वसम्मत नभए तोकिएको मितिमा निर्वाचन हुने उनले जनाइन् ।
    चारजना सदस्य निर्वाचित भएपछि उनीहरु मध्येबाट अध्यक्ष चयन गरिने छ । देवी माविको निर्वाचनलाई सत्तारुढ गठबन्धन र विपक्षीले आउँदो स्थानीय तहको निर्वाचनसंग राजनीतिकदलहरुले तुलना गरेका छन् । विद्यालय व्यवस्थापन समितिको निर्वाचनको परिणामले वडाको संभावित परिणाम अनुमान गर्न सकिने एक एमाले कार्यकर्ताले बताए ।
    यसैबीच विद्यालय व्यवस्थापन समितिमा शिक्षक प्रतिनिधिको रुपमा उमेशकुमार शाह सर्वसम्मतबाट चयन भएका छन् । विद्यालयमा करिव २८ सय अभिभावक रहेका छन् ।

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.