बिर्तामोड । शिक्षासेवि सुमन शर्मा जम्मरकट्टेलले जन्मदिनको अवसरमा बालबालिकालाई शैक्षिक सामाग्री बितरण गरेका छन् ।
देवभुमी इङलिस स्कुल अर्जुनधाराका संचालक समिति अध्यक्ष जम्मरकट्टेलले बिर्तामोड ९ स्थित सहिद लक्ष्मी आधारभुत स्कुलका १ सय ३० जना बालबालिकालाई टाइ र पेटि बितरण गरेका छन् ।
ग्रामीण भेगमा रहेको सो बिद्यालयमा स्थानीय क्षेत्रका बालबालिका अध्ययनरत छन् ।केही समय अगाडि नगरपालिकाले पोसाक बितरण गरेको थियो र अन्य सामाग्री अभाव भएको बिद्यालय दाताहरुलाई सहयोग गरिदिन आग्रह गर्दै आएको थियो ।
ब्यबस्थापन समिति हरि चौलागाईंको अध्यक्षता रहेको कार्यक्रममा प्रध्यानाध्यापक बिरेन्द्र बुढाथोकी सदस्य प्रेम भण्डारी ,प्रदिप संग्रौला लगायतको उपस्तिथि रहेको थियो ।कार्यक्रममा बोल्दै कट्टेलले आगामी दिनमा बिद्यालय रुपान्तरण र बिकासमा सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । कार्यक्रमको संचालन बालबालिका तथा शिक्षा संचार मञ्चका अध्यक्ष सरोज पौडेलले गरेका थिए।
बालबालिका संग मनाए जम्मरकट्टेलले जन्मदिन
बालबालिका संग मनाए जम्मरकट्टेलले जन्मदिन
Advertisement
तपाईको प्रतिक्रिया







