न्यूटन्स बालक्लबको आयोजनामा एकदिवसीय ब्याक्तित्व बिकास कार्यक्रम सम्पन्न भएको छ ।
न्यूटन्स एजुकेसन एकाडेमीमा रहेको क्लबले विद्यार्थीहरुमा नेतृत्व तथा क्षमता बिकासमा सहयोग पुर्याउनका लागि कार्यक्रम आयोजना गरिएको बालक्लब फोकल पर्सन मिनु शिवाकोटीले जानकारी दिएन् ।
संचारकर्मी लिला अनमोलले सहजीकरण गरेको कार्यक्रममा क्लबका सदस्य र कक्षा ८ र ९ का विद्यार्थीको सहभागी रहेको थियो। क्लबले गरेका गतिविधिलाई प्रस्तुत समेत गरिएको थियो।संचारकर्मी सरोज पौडेलले बालमैत्री बिद्यालय निर्माण गर्न बालक्लब सकृय हुनु पर्ने बताए ।अध्यक्ष साबित्रा न्यौपाने अध्यक्षता रहेको कार्यक्रमको संचालन सदस्य अन्तरीक्ष डुङ्गेल स्वप्निन निरौलाले गरेका थिए।
Advertisement







