• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

रिस थाम्न नसक्दा पश्चाताप


  •    सन्जु सिवाकोटी / आइतबार, पुष ११, २०७८  

  • ✒️सन्जु सिवाकोटी

    रिस, हामी मान्छे हौं सबैलाई उठ्छ । रिस, प्रत्येक व्यक्तिभित्र हुने एक किसिमको प्राकृतिक उपज हो । त्यसकारण मान्छेलाई रिस उठ्नु स्वभाविक नै हो । रिसले आफैंलाई हानी गर्छ । थाहा पनि छ, थाहा हुँदाहुँदै पनि हामी रिसाउँछौ । कहिले काहीँ हामीलाई बाहिरी कारणले पनि हामी भित्रको रिसलाई जगाइदिन्छ । कहिले काहीँ हामी आफ्नै कारण आफैंसँग पनि रिसाउन पुग्छौ । कहिले अरुको बोली व्यवहार, हामीले सोचेको एकथोक हुन्छ तर पाउँछौ अर्कै, अनि रिस त उठ्ने नै भयो ।

    Advertisement

    कहिले काहीँ हामी नजिकका जो अति नै प्रिय छन् अनि नजिकका साथीसँग पनि रिसाउँछौ । रिसाइसक्दा ला …, म किन रिसाएँ नि ! म रिसाउन हुने थिएन । मेरो कारण उता पनि मन दुख्यो होला । रिसाएर के नै फाइदा छ र ? यस्तो मनमा पनि आइहाल्छ । मै पो उस्तो हो कि भन्दै अरुसँग होइन त्यतिखेर आफैंसँग रिस उठ्छ ।

    Advertisement

    गत दशैँ अघिको कुरा हो, सेतो गुराँस राष्ट्रिय बालबिकास केन्द्र काठमाडौंको आयोजना, नेपाल सरकार र शिक्षा विभागको सहकार्य एवम् विश्व बैंकको सहयोगमा झापा मै एउटा कार्यक्रम आयोजना गरिएको थियो । सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकाको विवरण हामीलाई चाहिएको थियो । झापाबाट हामी दुई, साथी धनसरी र म कार्यक्रममा कर्मचारीका रुपमा आबद्ध थियौं ।

    कतिपय विद्यालय प्रविधिमैत्री नभएका कारण त केही विद्यालयबाट सही विवरण नआएका कारण विद्यालय मै पुग्न पर्ने या त बच्चाको घरमै पुगेर भए पनि सही विवरण संकलन गर्नुपर्ने बाध्यात्मक अवस्था थियो । अफिसले दिएको जिम्मेवारी त छँदैछ, हामी घर या विद्यालय जाँदा जे जति भएनि त्यो बच्चाले पाउनुपर्ने सेवा सुविधा बाट बञ्चित हुनपर्दैन भने हामी किन नजाने भन्दै आ–आफ्नो कामतर्फ लाग्यौं । सो काम फत्तेगर्न म चाहिँ गौरीगञ्ज गाउँपालिकातिर लागें ।

    झापामै जन्मेर पनि जिल्लाकै कति ठाउँ त पुगेकै रहेनछु । फेरि कस्तो लाज लाग्ने कुरा के, आफू गरामनीको घर बाहेक अन्तबाट अझै पनि सजिलो गरि पूर्व पश्चिम छट्याउनै नसक्ने । लोकेसनले शुरु शुरुमा धेरै समस्या भएता पनि पछि काममा निकै रमाइलो लाग्न थाल्यो । गौरीगञ्ज जानेक्रममा मलाई चाहिने अरु बच्चाहरुको विवरण पनि लिँदै गौरीगञ्ज बजार पुगें । एकदमै गलियो, त्यसमाथि दशैंं अगाडिको समय अनि भदौको त्यो चर्काे घाम । अब मैले पुग्नुपर्ने थियो रामबहादुर दाहाल ( परिवर्तित नामको घरमा) ।

    सोचे रामबहादुर दाहाललाई म फोन गर्छु, यदि सही नम्बर रहेछ भने फोनबाटै सम्पूर्ण विवरण लिन्छु, मेरो अलिकति भएपनि समय बचत हुन्छ । ५ पटक फोन गरेँ, उठेन । सातौं पटकमा उठ्यो तर बोली आएन, पटकपटक फोन उठाउँने तर बोल्दै नबोल्ने । मैले बिनाकाममा फोन गरेको हो र ? काम परेर पो फोन गरेको त भन्दै पटक पटक फोन गरिरहेँ । एकछिनमा त मोवाइल स्वीच अफ गरिएको छ पो भन्न थाल्यो ।

    चर्काे घाम छ, त्यसमाथि असाध्यै भोक पनि लागेको छ । अनि त मलाई पनि रिस उठ्न थाल्यो । एक्लै के के भन्न थालेँछु । हैन यो मान्छेले बोलीदिँदा यसको के नै जान्थ्यो र ? जो भए पनि एक मिनेट बोलिदिँदा उसलाई कुनै नोक्सानी त हुँदैनथ्यो होला भन्दै धनसरीलाई सम्झिन पुगेछु ।

    एकदिन सँगै बसेर काम गर्दैगर्दा मैले केटी तिमीलाई रिस उठ्दैन ? भनेर सोधें । उसको र मेरो नामबाट भन्दा पनि बोलाउँदा केटी शब्द नै बढी प्रयोग हुनेगर्छ । उसको कुरा सुनेर हाँसो लाग्यो ।

    ‘‘किन नउठ्नु र उठ्छ नि केटी ! तिमीले रिस उठ्ने कामै गरेकी छैनौ अनि कसरी रिसाउनु त’’ भनिन् ।

    ‘‘होइन के केटी यसो विचार गछु तिम्रो र मेरो लगभग उमेर उस्तै हो । कि तिमी बिहे गरेको भएर हो कि, तिमी त्यति रिसाको देख्दिन । मलाई यो काम गर्ने क्रममा सोचेजस्तो भएन वा आनन्दले काम गर्न पाइन भने रिस उठिहाल्छ । रिसाउनु राम्रो होइन भन्ने थाहा हुँदाहुँदै पनि रिस उठिहाल्छ, सहनै सक्दिन’’ उनले पनि भनिन् । ‘‘सायद म रिस देखाइहाल्दिन होला तर भित्रभित्रै पूरा रिस उठेको हुन्छ अनि अति भयो भने घर गएर कसैले नदेख्ने गरी एक्लै रोएर मन शान्त बनाउने हो नि’’ मेरो जवाफ थियो ।

    लाग्यो उसले मलाई अहिले देखेको भए सन्जुलाई नि रिस दरै उठ्दो रहेछ भन्थिन् होला भन्दै फेरि तिनै व्यक्तिलाई फाने गरें । लाग्यो, उठ्यो पनि तर बोलेनन् । रिसले सीमा नाघ्यो । रिस उठ्दै भए पनि अब घरमै जाने निधो गरें । सोध्दै खोज्दै मेनरोडबाट लगभग २० मिनेट हिंडेपछि म एउटा सानो चोकमा पुगें, जहाँ एउटा घुम्ती पसल पनि थियो, त्यहाँ गएर सोधें ः रामबहादुर दाहाल (नाम परिवर्तित)–को घर कहा“ हो चिन्नु हुन्छ होला ? यही“ कतै छ अरे । उहाँको बच्चाको विद्यालयबाट जानकारी लिएर म यहाँ आएकी भनें ।

    हेर्दा ७० वर्षको जस्तो देखिने एकजना बाजेले ‘ए उहाँ त यहीँ हुनुहुन्छ नि यी’ भनिसक्दा टाउको हल्लाएर म होइन भन्ने संकेत ती मानिसले गरे । अनि ती बाजेले फेरि भने ए म पो झुक्किएँछु नानी अलि उता गएर सोध्नु न ल भन्नुभयो ।

    सोध्दै सोध्दै म निकै तल पुगें, कसैले चिन्दैन । खै यो नाम भएको मान्छे यता कोही छैन एउटी महिलाले भन्नुभयो । माथिल्लो चोक र तल्लो चोक सोध्दै म चार पटक ओहोर दोहोर गरें । थाकें दिक्क पनि लाग्यो । सरलाई फोन गरें, ‘सर आज म यो काम सक्दिन, भोलि बेलुकासम्मको समय दिनु’ भन्दै सबै समस्याहरु बताएँ ।

    नौ बजे वल्र्ड बैंकसँग मिटि∙ छ यो रिपोट बुझाउनै पर्छ । ८ बजेसम्म भए पनि सही विवरण उपलब्ध गराउनु भन्ने सरको निर्देशन पछि काम त सक्नै पर्यो । एकपटक फोनमा बोलेको भए मैले यस्तो दुख पाउने थिइँन, कस्तो व्यहोरा नभएको मान्छे रहेछ । भन्दै म फेरि लागेँ रामबहादुर दाहाललाई खोज्न । फेरि माथिल्लो चोक आइपुगे पनि पुग्नु पर्ने ठाउँमा पुग्नै सकिन । जसले मलाई उहाँको ठेगाना दिनु भएको थियो उहाँलाई सम्पर्क गरेपछि थाहा भयो कि रामबहादुर दाहाललाई गाउँमा बोलाउने नाम र चिन्ने नाम त अर्काे रहेछ । राधेको घर कहाँ हो भन्दा प्रत्येक घरका केटाकेटीले पनि चिन्ने रहेछन् ।

    बल्ल अब म पुगें भन्ने लाग्यो । चोकबाट थोरैमात्र भित्र बाटो चाहिँ बिग्रिएको स्कुटी त्यहीँ राखेर तातो घाममा हिंड्दै गएँ । भेटौं न यस्तो हप्काउँछु नि, यो मान्छेले गर्दा यस्तो दुःख पाएँ कि, कहिल्यै बिर्सन्न होला । कि फोनै नबोक्नु, बोके पछि रिसिभ गर्नु, अनि रिसिभ गरेपछि त बोल्नु पर्छ नि ! फोन उठाउने अनि बोल्दै नबोलेर मेरो पैसामात्र काटियो धन्दै मनोवाद गर्दै हिंड्दा उनकै घर पुगिएछ । घरमा त फेरि कोही पनि छैनन् । वरपरका छिमेकी मार्फत थाहा भयो कि उनी अलि पल्लो घरमा काम गर्न गएका छन् ।

    त्यही घरमा गएँ, आँगनमा के के काम गर्दै गरेका मान्छे त तिनै घुम्तीमा भएका पो रहेछन् । म जसको खोजीमा थिएँ, उनै मानिस अघि घुम्ती पसलमा भेटिएका थिए । जसलाई यी उनै हुन् भन्दा पनि टाउको हल्लाएर म होइन भन्ने संकेत गरेका थिए । झन् रिस उठ्यो, रिस उठेको बेला नमस्कार पनि कसले गर्ने ! मैले पनि गर्दै गरिन । एकोहोरो म बोलरहन थालेँछु, ‘‘कस्तो रिस उठ्ने मान्छे तपाईं, फोन पनि नउठाउने, उठाए पनि बोद्यलै नबोल्ने । एकपटक फोन उठाएर मैले सोधेको कुरा भनिदिएको भए तपाईं मर्नु हुन्न थियो होला, पृथ्वी नै भासिँदैन थियो होला, तपाईले गर्दा मैले कहिले नपाएको दुःख पाएँ ।’’

    ‘‘त्यो पसलमा म होइन भनेर किन टाउको हल्लाएको ? त्यतिखेर खेर म हुँँ भनेको भए हँदैन थियो । मान्छे पनि के के खालका हुन्छन्’’ भन्दै गर्दा त्यतिनै बेला अलिपरबाट एकजना सानो भाइले भन्यो ‘‘दिदी राधे त बोल्न र सुन्न सक्दैन । उनको श्रीमती मोवाइल घरमै छाडेर काममा जानु भएछ ।’’

    सानो भाइको यत्ति कुरा के सुनेकी थिएँ, मलाई त्यो मान्छेदेख होइन उल्टै आफैंदेखि आफैंसँग रिस उठ्यो । आफूले आफैंलाई गाली गर्न मन लाग्यो । मैले बोलेका शब्दहरु कति सुने या सुनेनन्, मलाई थाहा भएन । सायद सुनेनन् होला । मैले त्यो सब भनिरहँदा उनी हाँसीमात्र रहेका थिए । मलाई त्यहाँ बस्न मन लागेन । नराम्रो लाग्यो उ भएको घरबाट म निस्किहालें । म यस्तो मान्छेसँग रिसाएँ, यस्तो मान्छेलाई गाली गरें कि जुन मान्छेको केही गल्ती नै थिएन । केही दोष नै थिएन ।

    तर पनि छिमेकीको सहयोगले मैले संकलन गर्नुपर्ने विवरण पाएँ । र, त्यो दिनलाई बेलाबेला सम्झन्छु, मनमा नमिठो आभाष हुन्छ । कहिलेकाहीँ हामी अन्जान मै गल्ती गर्न पुग्छौं अनि आफैसँग रिसाउने बाध्य हुन्छौं । यो एउटा अविस्मरणीय रिसको कहानी हो । त्यसैले रिसाउनुभन्दा पहिले रिसको विषयमा मनन गर्नु पो पर्छ कि भन्ने लाग्न थालेको छ । अस्तु ।।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.