बर्दियाको राजापुर, गुलरिया नगरपालिकामा तथा काभ्रेको धुलिखेल मेडिकल कलेज र विरगञ्जमा युवासँग महालक्ष्मी लाइफ कार्यक्रम सम्पन्न भएको छ । युवा र कलेजका विद्यार्थी लक्षित कार्यक्रमले बिमा प्रती आकर्षक बढ्दै गएको कम्पनीले जनाएको छ।
गत मंसिर ७ गते गुलरियाको बबई बहुमुखि क्याम्पसमा क्याम्पस प्रमुख विरेन्द्र राज लम्सालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा १०५ जना विद्यार्थीको सहभागिता थियो । कार्यक्रममा अतिथि गिरिराज देवकोटा, अभियानका केन्द्रिय सदस्य रमिला चौधरी, क्याम्पस प्रमुख विरेन्द्र राज लम्सालले कार्यक्रमको महत्व माथि प्रकाश पारेका हुन् भने कम्पनीका क्षेत्रिय प्रमुख तेजेन्द्र न्यौपानेले प्रशिक्षण दिएका थिए ।
त्यसैगरी मंसिर ८ गते राजापुरको अमर सहिद बहुमुखि क्याम्पसमा ९५ जना विद्यार्थीको सहभागितामा क्याम्पस उप प्रमुख अरुण कुमार चन्दको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्षेत्रिय प्रमुख तेजेन्द्र न्यौपानेले बीमा सम्बन्धी प्रशिक्षण दिएका हुन् । कार्यक्रमका अभियानका केन्द्रिय सदस्य तारावती चौधरी, एजेन्सी मेनेजर सिता चौधरीले प्रकाश पारेका थिए ।

वीरगञ्जको बी पी सी कलेजमा पनि मंसिर ८ गते कलेजका संयोजक मनोज वर्णवालको अध्यक्षतामा ४८ जनाको उपस्थिति रहेको थियो । महालक्ष्मी लाईफका क्षेत्रिय प्रमुख दिगम्बर प्रसादले प्रशिक्षण दिएका थिए भने कार्यक्रममा रंजित पटेल र रोहित गुप्ताले कार्यक्रमको महत्वमा प्रकाश पारेका हुन् ।
त्यसैगरी मंसिर ११ गते काभ्रेको धुलिखेल मेडिकल कलेजमा कम्पनीका बनेपा प्रमुख रिकेश कायष्थको अध्यक्षतामा एमविविएस, विडिएस र व्यवस्थापनका ५२ जना विद्यार्थीको उपस्थिति रहेको कार्यक्रममा स्वागत मन्तव्य अभियानका केन्द्रिय सदस्य विनु कर्माचार्यले, कार्यालय प्रमुख रिकेश कायष्थ तथा कलेजका डीन डा. राजेन्द्र कोजुले बीमाको महत्व बारेमा प्रकाश पारे ।
महालक्ष्मी लाइफका नायव प्रमुख कार्यकारी अधिकृत रामेश्वर श्रेष्ठले प्रशिक्षण दिएका थिए । झापामा पनि यसै हप्ता बाट प्रशिक्षण कार्यक्रम संचालन गर्ने तयारी गरिएको कम्पनिका प्रदेश १ का उपक्षेत्रीय प्रबन्धक गुन्जन थापाले बताए







