झापाको बिर्तामोड ३ मा रहेको तालिमुल मदरसालाई जग्गा सहित भवन निर्माण गरिदिने दुर्गा प्रसाइले घोषणा गरेका छन् । बि एण्ड सि अस्पतालका संचालक प्रसाईले मुस्लिम बालबालिका अध्ययनरत मदरसाले निर्माण गर्न लागेको जग्गामा २५ लाख मुल्य बराबरको १ कठ्ठा र आफ्ना पितृको नाममा एउटा भवन निर्माण गरिदिने घोषणा गरेका हुन् ।
बिद्यालय परिसरमा आयोजना एक कार्यक्रमका प्रमुख अतिथी समेत रहेका प्रसाईले सो घोषणा गरेका हुन् । बिर्तामोड नगरपालिकामा एकमात्र मुस्लिम बालबालिका अध्ययन गर्ने धार्मिक बिद्यालय भएकाले हामी सबैको साझा सम्पत्तिको रुपमा बिकास गर्नु पर्ने प्रसाइले बताए ।
बालबालिका अभिभावक र स्थानीयले स्वागत गर्दै प्रसाइलाई बिद्यालयको बिकासका लागि सहयोग गरिदिन आग्रह गरेका थिए । कार्यक्रममा स्थानीय युवा तथा दाता कैलाश प्रसाइको विशेष आतिथ्य तथा बिद्यालयका संस्थापक अध्यक्ष गुलाम नबिको अध्यक्षता रहेको थियो । शिक्षक मानुसि राजबंशीले स्वागत गरेको कार्यक्रमको सञ्जालन बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष अफ्रोज खानले गरेका थिए ।







