२२ असोज, बिर्तामोड । झापाको बिर्तामोडमा सञ्चालन भईरहेको वडास्तरिय फुटबल प्रतियोगितामा वडा नम्बर ६ फाइनल प्रवेश गरेको छ ।

बिर्तामोड नगर खेलकुद बिकास समितिको आयोजनामा संचालित प्रतियोगिता अन्तर्गत शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा वडा नम्बर ७ लाई पराजित गर्दै वडा नम्बर ६ ले फाईनलमा स्थान सुरक्षित गरेको हो । निर्धारित समय २।२ गोलको बराबरी भएपछि खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा ४ । ३ गोल अन्तरले वडा नम्बर ६ विजयी बनेको हो ।
Advertisement
निर्धारित समयमा वडा ७ का सन्तोष लावती र ६ का सिद्धार्थ अधिकारीले २।२ गोल गरेका थिए । खेलको म्यान अफ त म्याच वडा नम्बर ६ का गोल रक्षक अभिषेक चौधरी घोषित भए । शनिबारको खेल वडा नम्बर १० र ४ बिच हुने अध्यक्ष टीका संग्रौलाले जानकारी दिए ।








