विराटनगर । मोरङ उर्लाबारी नगरपालिका वडा नम्बर ८ राजघाट चौधरी टोलमा फुटबल खेल्ने क्रममा विवाद हुँदा भएको हत्यामा ‘संलग्न’लाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार गत साउन १० गते दिउँसो १ बजेतिर भएको फुटबल प्रतियोगता र सोही विषयलाई लिएर भोलिपल्ट साउन ११ गते मोटरसाइकलमा आएर उर्लाबारी नगरपालिका–बस्ने २१ वर्षीय सुसन धामी र सोही ठाउँ बस्ने १७ वर्षीय अभिषेक चौधरीमाथि धारिलो हतियार छुरा प्रहार भएको थियो । उपचारका लागि झापाको बीएन्डसी अस्पताल बिर्तामोड झापामा उपचारको क्रममा अभिषेक चौधरीको मृत्यु भएको थियो । सुसनको अवस्था भने सामान्य छ ।
सोही घटनामा संलग्न मुख्य कसुरदार मोरङ उर्लाबारी नगरपालिका वडा नं। ७ बस्ने २७ वर्षीय अभिषेक लिम्बू र सोही ठाउँ वडा नं।८ बस्ने २८ वर्षीय विजय लिम्बूलाई इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
उनीहरूलाई मोरङको सुनवर्षी नगरपालिका वडा नं –८ सिक्टीबाट पक्राउ गरी मोरङ जिल्ला अदालत पेश गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी दिपक श्रेष्ठले जानकारी दिएका छन् ।







