साउन २७, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त भएका छन् ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको बताइएको छ । घिसिङको आजै पदभार ग्रहण हुँदैछ । कार्यकारी निर्देशक रहेका हितेन्द्रदेव शाक्यलाई ऊर्जा आयोम सरुवा गरिएको बताइएको छ भने शाक्य आज कार्यालय गएका छैनन् ।
११ महिनाअघि कार्यकाल सकिएपछि घिसिङ बिदा भएका थिए । उनी भदौ ३१ मा चारवर्षे कार्यकाल पूरा गरेर बिदा भएका थिए । ऊर्जा मन्त्रालयका सचिव देवेन्द्र कार्कीले प्राधिकरणमा कुलमान घिसिङलाई ल्याएको जानकारी दिए ।
Advertisement
उनले प्रक्रियाअनुसार पत्र आउन केही समय लाग्ने भए पनि नियुक्तिको जानकारी आएको बताए ।







