• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

पत्रकारको सहयोगमा बन्धक शिशुको उद्धार


  •    संवाददाता/ सोमबार, साउन २५, २०७८  

  • झापा, २५ साउन । उपचार खर्च तिर्न नसक्दा भारतीय अस्पतालमा बन्धक बनेका मेचीनगर–१० खयरडाँगीका चार महिने शिशु सुहान चौधरीलाई आइतवार उद्धार गरी नेपाल ल्याइएको छ ।

    आन्द्रा दोब्रिएर पेट फुलेका कारण शिशुलाई साउन १५ गते उपचारका लागि भारत पश्चिम बङ्गालको सिलिगुडीस्थित पारामाउन्ट हस्पिटलमा लगिएको थियो ।

    Advertisement

    शिशुको अवस्था बुझ्न गएका पत्रकार मोहन काजीले उपचारमा लागेको खर्च १५ दिनभित्र तिर्ने कागजमा सही गरेपछि हस्पिटलले सुहानकी आमा शर्मिला चौधरीलाई शिशु फिर्ता दिएको थियो ।

    Advertisement

    अक्सिजन सपोर्टसहित एम्बुलेन्समा नेपाल ल्याइएको शिशुलाई आइतवार राति नै थप उपचारका लागि विर्तामोडको बीएन्डसी हस्पिटलमा भर्ना गरिएको छ । विर्तामोडका केही निजी हस्पिटलले बच्चालाई राख्ने आइसीयु कक्ष नभएको भन्दै शिशुलाई फर्काइदिएपछि बीएन्डसी हस्पिटल लगिएको थियो ।

    सिलिगुडीको हस्पिटलले उपचारमा लागेको ६ लाख ८ सय रुपैँया भुक्तानी नगरेसम्म बच्चा लैजान नदिने भन्दै शिशुलाई बन्धक बनाउँदै आएको थियो । हस्पिटलले उपचारमा ४ लाख ६८ हजार रुपैँया र औषधितर्फ १ लाख ३२ हजार ८ सय रुपैँयाको बिल देखाएको छ ।

    शिशुकी आमा शर्मिला चौधरीले पारामाउन्ट हस्पिटलमा अहिलेसम्म २ लाख ८८ हजार रुपैँया बुझाइसकेको बताइन् । अब सो हस्पिटललाई तीन लाख १२ हजार रुपैँया बुझाउन बाँकी छ ।

    “चौधरी परिवारको आर्थिक अवस्था कमजोर भएको कारण उपचारमा छुट गरेर बच्चा फिर्ता दिन धेरै आग्रह गर्यौं, तर हस्पिटलले मानेन,” शिशुफिर्ता गराउन रकम तिर्ने कागजमा सही गरेका पत्रकार मोहन काजीले भने–“अरु केही उपाय नलागेपछि १५ दिनभित्र रकम बुझाउने कबुलियतनामामा सही गरेर शिशुको उद्धार गरेका छौं ।”

    उपचारको रकम असुल्न आमाबुवालाई घर पठाएर चार महिनाको शिशुलाई बन्धक बनाएर दैनिक बिल बढाउने अमानवीय कार्य सो हस्पिटलले गरेको पत्रकार काजीले बताए । हस्पिटलका वरिष्ठ व्यवस्थापक पिन्टु रुस्तागीले तोकिएको समयमै बक्यौता नबुझाएमा घरसम्मै रकम असुल्न आउने चेतावनी दिदै नागरिकता प्रमाणपत्रको प्रतिलिपी समेत राखेको उनले बताए ।

    हस्पिटलले बच्चा फिर्ता दिदा अक्सिजन सपोर्टमै राखिएको थियो । शल्यक्रिया गरेपछि पेट तथा पिसाब नलीमा लगाइएको पाइप नखुस्काइएको कारण बच्चाको अवस्था अझै पनि गम्भीर छ ।

    गरीवीका कारण नेपालमा भइरहेको उपचारको खर्च समेत व्यहोर्न सक्ने चौधरी परिवारसँग आर्थिक क्षमता छैन । आइतवार शिशु बन्धक बनेको समाचार प्रकाशित भएको थियो ।

    शर्मिलाले उपचारमा आर्थिक सहयोग गरेर आफ्नो शिशुको जीवनरक्षा गरिदिन दाताहरुसँग अपिल गरेकी छन् ।

    भारत जानु अघि नेपालको विभिन्न हस्पिटलमा शिशुको उपचार गराउँदा ५० हजार रुपैँया खर्च भएको उनले बताइन् ।

    हस्पिटलमा अहिलेसम्म परिवारले बुझाएको २ लाख ८८ हजार रुपैँया मध्ये ४ हजार रुपैँया चन्दा संकलनबाट जुटेको र बाँकी रकम परिवारले ऋण काढेर ल्याएको हो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.