• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

प्रदेश २ मा बजेटको नाममा दुरुपयोग भएको आशंका


  •    संवाददाता/ शुक्रबार, साउन २२, २०७८  

  • जनकपुरधाम । प्रदेश २ सरकार अन्तर्गतका विभिन्न मन्त्रालयले महिला सशक्तीकरणको नाममा लाखौँ रकम खर्च गरे पनि त्यसको प्रभावकारिता देखिएको छैन ।

    मन्त्रालयपिच्छे महिला हिंसा न्यूनीकरणका लागि विभिन्न अभियान सञ्चालन गर्दै मन्त्रीले लाखौँ रकम खर्चिने गरे पनि लक्षित वर्गमा त्यसको प्रतिफल पुग्न नसकेको सरोकारवाला बताउँछन् ।

    Advertisement

    आर्थिक वर्ष ०७७/०७८ देखि आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सुरक्षित बेटी अभियान, दुर्व्यसन मुक्त युवा अभियान सञ्चालन गरेको थियो । तत्कालीन आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्रकुमार यादवको निर्देशनमा सो योजना सञ्चालन गरिएको थियो ।

    Advertisement

    सुरक्षित बेटी अभियान र दुर्व्यसन मुक्त युवा अभियान सञ्चालनका लागि करिब १ करोड रुपैयाँ छुट्याइएको थियो । तर सो अभियानको नाममा कहाँ कसरी खर्च भयो भन्नेबारे मन्त्रालयले नै प्रस्ट जानकारी दिन आनाकानी गर्दै आएको छ । हाल उक्त मन्त्रालय नै विभाजित भईसकेको अवस्था छ ।

    कर्मचारी स्रोतका अनुसार तत्कालीन आन्तरिक मामिला तथा कानून मन्त्री यादव निकटका मान्छेलाई योजना वितरण गरिएको थियो । सो योजना अनुसार तत्कालीन मन्त्री यादवले आफ्नो फोटोसहित ठुल्ठुला होर्डिङबोर्ड विभिन्न जिल्लामा झुण्ड्याएका छन् ।

    त्यस्तै विभिन्न तालिम र टिसर्ट खरिदजस्ता काममा योजनाको रकम खर्चिएको छ ।

    सूचना अभियन्ता सरोजकुमार मिश्रले दुवै योजनामा भएको खर्चको विवरण माग गरेका छन् । मन्त्रालयका कर्मचारीले विवरण दिन आनाकानी गरेको मिश्रको आरोप छ ।

    मिश्रलाई योजनाको प्रतिवेदन भनेर एक पानाको विवरण दिइएको छ । उक्त विवरण उल्लेख गरिएको पानामा भने कार्यालयको छाप र हस्ताक्षरसमेत छैन ।

    प्रदेशभित्रको छोरी चेलीहरुलाई सुरक्षित महसुस गराउन सुरक्षित बेटी अभियान ल्याइएको र दुर्व्यसनीहरुलाई दुर्व्यसनबाट मुक्त गराउन तथा यसको थप नकारात्मक प्रभाव रोक्न दुर्व्यसन मुक्त युवा अभियान सञ्चालन गरिएको उक्त विवरणमा उल्लेख छ ।

    यस अन्तर्गतका कार्यक्रमहरुमा प्रशिक्षकहरुलाई अभियान सम्बन्धी तालिम तथा अभियान सामग्रीहरु जस्तै, तालिम म्यानुवल, टिसर्ट, जनचेतनामुलक अन्य सामग्रीको जगमा कार्यक्रम अगाडि बढाइएको भन्दै मन्त्रालयले कार्यक्रम सम्बन्धी विवरण उपलब्ध गराएको छ ।

    कर्मचारीहरुले अभियानमा के कति रकम कुन कुन शीर्षकमा खर्च भएको हो भन्ने विवरण दिन आनाकानी गरेबाट नै त्यस्ता अभियानका नाममा बजेट दुरुपयोग भएको हुन सक्ने सरोकारवाला बताउँछन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    दशैँको नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने
    प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम १५ अर्ब नाघ्यो
    कोशी प्रदेशले ल्यायो ४० अर्ब ४४ करोड भन्दा बढीको बजेट
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.