• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

‘बालबालिका र शिक्षा’अब पाँचथरबाट पनि


  •    संवाददाता/ बिहिबार, साउन २१, २०७८  

  • साउन २१, झापा । कोरोना महामारीका कारण विद्यालय बन्द भएका बेला पनि बालबालिकालाई सृजनशील बन्न प्रेरित गर्ने उदेश्यले रेडियो कार्यक्रम प्रसारण हुँदै आएको कार्यक्रम ‘बालबालिका र शिक्षा’ पाँचथरको रेडियो मितेरीबाट पनि प्रसारण हुने भएको छ।

    पाँचथरबाट प्रसारित रेडियो मितेरीबाट शुक्रबार बेलुकी ७:१५ बजे प्रसारण हुने स्टेशन म्यानेजर खबिन लुइटेलले जानकारी दिए। यसअघि झापाबाट आँगन एफएम ८९.६ मेगाहर्ज, इलामको रेडियो फिकल ९०.६ मेघाहर्ज र मोरङ्गको रेडियो रिदम ९९.७ मेघाहर्जमा बालबालिका लक्षित कार्यक्रम बालबालिका र शिक्षा प्रसारण हुँदै आएको थियो ।

    Advertisement

    लामो समय विद्यालय बन्द हुँदा बालबालिकाको सिकाइमा नकारात्मक असर पर्नुका साथै मनोबैज्ञानिक प्रभाव पनि पर्ने भएकाले रेडियो कार्यक्रम मार्फत बालबालिकामा सकारात्मक सन्देश संचार गर्न खोजिएको हो।

    Advertisement

    ग्लोरी इंग्लिस स्कुल बिर्तामोड , वेल्स मोडल स्कुल बिर्तामोड,दुर्गा माद्यामिक बिद्यालय बिर्तामोड र वीर अमर सिंह प्राबिधिक बिद्यालय बिर्तामोड सँगको सहकार्यमा उत्पादन हुने कार्यक्रम हरेक आँगन एफएम बाट शुक्रबार बेलुका ७:१५ बजे र पुन: प्रसारण शनिबार बिहान ८:१५ बजे प्रसारण हुँदै आएको कार्यक्रम संयोजक सरोज पौडेलले जानकारी दिए । कार्यक्रमले विद्यार्थीहरुमा चेतनाको बिकास र अपन्त्व महसुस हुने बिद्यालयका संचालनको भनाइ रहेको छ ।

    साप्ताहिक रुपमा प्रसारण हुने कार्यक्रममा शैक्षिक गतिविधिहरु र बालबालिकाका प्रतिभाहरु समेटिनेछ । संचारकर्मी चेतन लामिछाने , सृजन घिमिरे, बालबालिका र शिक्षकको आवाजमा उत्पादन हुने कार्यक्रमले बालबालिकामा सकारात्मक सन्देश प्रभाव गर्ने अपेक्षा गरिएको छ । त्यस्तै विषम परिस्थितिको समयलाई कसरी सदुपयोग गर्ने भन्ने बारे पनि सामाग्री प्रस्तुत गरिने जनाईएको छ ।

    राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा ख्याति कमाएका ब्यक्तिहरुको सफलताको कथा उनीहरुकै आवाजमा मेरो कथा स्तम्भ मार्फत प्रस्तुत गरिनेछ । शिक्षा क्षेत्रका जानकारहरुसँगको बहस समेत समेटेर एक पूर्ण बालबालिका केन्द्रित शैक्षिक कार्यक्रम उत्पादन गरिने एफएमकी समाचार संयोजक पुस्पा लिम्बुले बताइन्।

     

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.