• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

चीन–नेपालमैत्री औद्योगिक पार्कले स्वास्थ्य सामग्री सहयोग


  •    संवाददाता/ मङ्गलबार, साउन १९, २०७८  

  • साउन १९, दमक । चीन–नेपालमैत्री औद्योगिक पार्कले ठूलो परिमाणमा स्वास्थ्य सामग्री सहयोग दिएको छ । सो सामग्री रसुवा नाका हुँदै नेपाल ल्याइएको थियो । ती सामग्री औद्योगिक पार्कका अध्यक्ष गोविन्द थापाले आज एक समारोह बीच दमक नगरपालिकालाई हस्तान्तरण गरेका हुन् ।

    औद्योगिक पार्कले दिएको सहयोगमा १५ थान अक्सिजन कन्सन्ट्रेटर मेसिन पनि रहेको छ । उक्त मेसिनले पाँच लिटर क्षमतामा उच्च गुणस्तरको अक्सिजन निरन्तर प्रवाह गर्ने बताइएको छ । उक्त मेसिन दमक अस्पतालमा प्रयोग गरिने छ ।

    Advertisement

    त्यसबाहेक उच्च गुणस्तरीय मास्क लगायत अस्पतालमा प्रयोग हुने विभिन्न सामग्री सहयोग स्वरुप दिइएको छ । ती मास्क पनि स्वास्थ्यकर्मीको प्रयोगका लागि मात्र भएको बताइएको छ ।

    Advertisement

    सहयोग सामग्री ग्रहण गर्दै दमक नगरपालिकाका मेयर रोमनाथ ओलीले अहिले दमक समस्यामा रहेको बताए । महामारी बढ्नाले दमकमा पुन निषेधाज्ञा जारी गर्नुपरेको, अस्पतालहरु फेरि पनि भरिभराउ हुन लागेको बेला सहयोग दिएकोमा औद्योगिक पार्क, चिनियाँ सरकार तथा चिनियाँ जनतालाई धन्यवाद ज्ञापन गरे ।

    उपमेयर गीता अधिकारीले औद्योगिक पार्क दमक तथा पूरै झापा जिल्लाका जनताको सपनाको केन्द्र भएको बताउँदै यसले विपत्का बेला गरेको स्वास्थ्य सामग्री सहयोग मूल्यवान रहेको बताए । नेपालमा क्रमश महामारीले विकराल रुप धारण गरिरहेको बेला औद्योगिक पार्कले स्वास्थ्य सामग्री सहयोग गरेको हो ।

    विशेषगरी एक नम्बर प्रदेशको झापा जिल्लामा महामारी तीब्र गतिमा फैलिरहेको छ । सहयोग हस्तान्तरण गर्दै पार्कका अध्यक्ष गोविन्द थापाले भने, ‘कोभिड महामारीका कारण विश्वले ठूलो क्षति भोगिरहेको छ । यतिबेला औद्योगिक पार्कमा चीन सरकारले बनाउने ठूलाठूला उद्योगहरु हामीले उपहारका रुपमा पाउने थियौं । तर, महामारीका कारण स्वास्थ्य सामग्री सहयोग लिनुपर्ने भयो ।’

    त्यस्तै, दमकमा निर्माणाधीन चीन नेपाल मैत्री औद्योगिक पार्कमा आगामी दिनमा कोभिड पीडितलाई प्राथमिकता दिइने भएको छ । दमक औद्योगिक पार्कले ठूलो संख्यालाई रोजगार दिन गइरहेको छ । सो पार्कमा कोभिडबाट मृत्यु भएकाहरुको परिवारलाई रोजगारीमा प्राथमिकता दिइन लागेको हो ।

    पार्कका अध्यक्ष गोविन्द थापाले सहयोग सामग्री हस्तान्तरण गर्दै भने, ‘यहाँ बन्न गइरहेको औद्योगिक पार्क निर्जिव वस्तु होइन, यो पार्क यहाँका जनताको साथी हो । त्यसैले विपद्का बेला औद्योगिक पार्कले सबैलाई सहयोग गर्छ । कोभिड १९ बाट मारिएकाहरुको परिवारलाई औद्योगिक पार्कले रोजगारीमा प्राथमिकता दिनेछ ।’

    समारोहमा चीनको ल्हासा इकोनोमिक एण्ड टेक्निकल जोनका प्रमुख चोउ चेङग जीले पठाएका सन्देश सुनाइएको थियो । सन्देशमा चोउले महामारीको चपेटामा परेको दमक तथा आसपासका जनतालाई मनोबल उच्च राख्न आग्रह गरेका छन् ।

    कोभिड–१९ माथि चाँडै विजय पाइने विश्वास गर्दै चोउले महामारीकै बीचमा औद्योगिक पार्क निर्माण प्रक्रिया अगाडि बढाइने सन्देश पठाएका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    ताजा अपडेट
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.