• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी संस्थाको सञ्चालक समिति अवैधानिक


  •    संवाददाता/ शनिबार, साउन ०९, २०७८  

  • (भि ग्रुप| मीडिया नेटवर्क)
    काठमाडौं । कुपण्डोलमा मुख्य कार्यालय रहेको हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी संस्थाको सञ्चालक समिति अवैधानिक रहेको पाइएको छ । संस्थाको सञ्चालक समिति सहकारी ऐन तथा नियमावली विपरित रहेको पाइएको हो ।

    संस्थाले गत वर्ष देखिनै उक्त समितिबाट संस्था सञ्चालन गर्दै आएको छ । संस्थाले गत वर्ष २३ औं वार्षिक साधारण सभा गरेपनि संचालक समिति पूरा नगरी अपुरो समितिबाटै काम गर्दै आएको खुलेको छ ।

    Advertisement

    ऐनमा ७ जनाको सञ्चालक समिति रहने प्रावधान रहेपनि संस्थाको संचालक समितिमा ६ जना र लेखासुपरिवेक्षण समितिमा १ जना संयोजक मात्र छन् । ३ जनाको लेखा सुपरीवेक्षण समिति रहनुपर्ने भएपनि संयोजक बाहेक अरु दुई जना सदस्य रिक्त राखिएको छ ।

    Advertisement

    गत वर्ष कार्तिक १२ गते संस्थाको २३ औं बार्षिक साधारणसभामा समेत अपूर्ण समितिले बार्षिक प्रतिवेदन प्रस्तुत गरेको थियो । त्यसपछि सहकारीको वार्षिक प्रतिवेदनमा पनि संचालक ६ जना तथा लेखा समितिमा १ जना मात्र रहेको देखाइएको छ ।

    आजसम्म संस्थामा अपूरो समितिले गरेका निणर्यहरु कार्यान्वयन हुँदै आएका छन् । कानुनमा ब्यवस्था भएको नियम मिचेर संस्थाले कारोबार गरिरहेको पाइएको हो । अपुरो समितिले गरेको निणर्यलाई ब्यवस्थापनले कार्यान्वयन गर्दै आएको छ ।

    सहकारीको उच्च पदमा रहेका सञ्चालकहरुबाटै कानुन बर्खिलाप हुदै आएको सहकारीकर्मीले बताएका छन् । संस्थामा अध्यक्ष केबी उप्रेती, उपाध्यक्ष शिवप्रसाद कट्टेल, सचिव देवराज पराजुली, कोषाध्यक्षमा मुकुन्दराज पाण्डे, सदस्यमा बद्री महत र प्रकाशमान शाही छन् ।

    लेखा समितिमा राजु पौडेल एक्लो संयोजकमात्र छन् । करिब १२ हजार ५ सय शेयर सदस्य रहेको संस्थाले गत वर्षसम्म १८ वटा संस्था एकीकरण गरेको थियो । त्यसमध्ये सगरमाथा बचत तथा ऋण सहकारी संस्था बिघटन भइसकेको छ भने अरु केही विघटनको तयारीमा रहेको श्रोतले बताएको छ ।

    हाम्रो सगरमाथा सहकारीका सचिव देवराज पराजुलीले सगरमाथा बचत तथा ऋण सहकारी संस्था विगटन गरिसकेका छन् । संस्थाका लेखा समिति संयोजक राजु पौडेलले अरु केही संस्थाहरु पनि एकीकरणको तयारीमा रहेकोले साधारणसभाले पूर्ण सञ्चालक समिति नबनाएको बताए ।

    तर एक वर्ष भन्दा धेरै भइसक्दा पनि सञ्चालक पूर्ण नबनाइनुमा सदस्यहरुले शंका गरेका छन् । लेखासमितिमा राजु पौडेल एक्लो हुन् । अन्य सदस्यहरु निर्वाचित भएका छैनन् । केही संस्थाहरुले एकीकरण भएको र उनी हरुकालागि स्थान खाली राखेको पौडेलको भनाइ छ ।

    संस्थाले एकिकरण गरेर आउने संस्थाहरुकोलागि स्थान खालि राख्न मिल्छ की मिल्दैन भन्ने विषयमा कानुनले केही नबोलेपनि अपुरो समितिले संस्थामा गरेको निर्णय कसरी कार्यान्वयन हुन्छ भन्नेमा शंका गर्न सकिने सहकमारीकर्मीले बताए ।

    अघिल्ला वर्षहरुमा संस्थाको कति औं साधारणसभा गरेको भन्ने खुलाइएको थिएन । तर गत आर्थिक वर्ष २०७६÷७७ को साधारणसभालाई २३ औं साधारणसभा उल्लेख गरिएको थियो ।

    हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी संस्था भएपछि संस्थाले १८ वटा सेवा केन्द्रमार्फत बचत तथा ऋणको मात्र कारोबार गर्दै आएको छ । संस्थाले २०७१ साल भाद्र १० गतेदेखि हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी संस्थाको नामबाट एकीकृत कारोबार गर्दै आएको सहकारी अखबारमा समाचार छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.