झापा। प्रमुख अतिथिमा समुद्घाटन कार्यक्रमको कुरो नमिल्दा मेचीनगर ६ काँकरभिट्टा स्थित काँकरभिट्टा हेल्थ डेस्क उद्घाटन कार्यक्रम स्थगित भएको छ ।
हालै निर्माण सम्पन्न भएको डेस्कको उद्घाटन कार्यक्रम साउन ९ गते शनिबारलाई तय गरिएको थियो । मध्यान्न १२ बजे उद्घाटन हुने भनिएको कार्यक्रमका प्रमुुख अतिथि विवादका कारण स्थगित भएको जानकारी आयोजक समितिले दिएको छ ।
कार्यक्रमको उद्घाटन स्वास्थ्य मन्त्रालयका सचिव डा रोशन पोेख्रेलबाट गर्ने निर्माण उपभोक्ता समितिले निर्णय गरेको थियो । स्वास्थ्य सचिव उपस्थित हुन नसक्दा इपिडिमियोलोजी तथा महामारी रोग व्यवस्थापन शाखा प्रमुख डा अमृत पोख्रेलबाट गरिने तय भएको थियो ।
Advertisement







