• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

वडाका बिरामीलाई जनप्रतिनिधीले दिए राहत


  •    संवाददाता/ शनिबार, असार २६, २०७८  

  • २६ असार, बिर्तामोड ।
    विभिन्न रोग र दुर्घटनाबाट पडित भई उपचाररत बिर्तामोड ८ का १७ जना गम्भिर बिरामीहरुलाई वडा कार्यालयले राहत रकम वितरण गरेको छ । वडाध्यक्ष अजय कार्कीको नेतृत्वमा वडाका जनप्रतिनिधिहरुको टोलीले पिडितहरुको घरघरमा पुगी सहयोग रकम हस्तान्तरण गरेको हो ।


    पिडितहरुको औषधी उपचार सहजताका लागि ५ हजार रुपैँयाका दरले १७ परिवारलाई सहयोग गरिएको वडाध्यक्ष कार्कीले बताए । .पिडितको थप उपचारका लागि पहल भैरहेका र तत्कालका लागि वडाका तर्फबाट राहत स्वरुप उक्त रकम प्रदान गरिएको उनको भनाई छ ।

    Advertisement

    Advertisement

    ब्रेन ट्युमरका कारण विगत २ बर्षदेखी थला परेकी ४८ बर्षिय पवित्रा देवी मैनाली, सडक दुर्घटनामा परी गम्भिर घाइते बनेका ४२ बर्षका भक्त सिवाकोटी, दुवै मृगौलामा खराब भई ४ बर्षदेखी डाइलासिस गराईरहेका ५३ बर्षिय किरण बहादुर दर्जी र प्यारालाइसिसका कारण थला परेका लोक बहादुर कार्कीको उपचार सहयोगका लागि रकम हस्तान्तरण गरिएको हो । त्यस्तै विभिन्न रोगका कारण पिडित बनेका वडाकै साबित्रा कटुवाल, धर्म भट्टराई, फुना राजवंशी र भक्त श्रेष्ठ, गंगा बुढाथोकी, निर कुमार दाहाल, फुपु सतार, सुर्य खड्का, रेनुका देवी कार्की र टेकेन्द्र प्रसाद पौडेल लगायतलाई पनि रकम हस्तान्तरण गरिएको छ ।

    त्यस्तै केही दिन अघि छोराको मृत्यु भई किरिया कर्म गरीरहेका बौवा राजवंशीको परिवारलाई किरिया खर्च स्वरुप ५ हजार रुपैँया र दाल चामल लगायतका खाद्य सामाग्री समेत प्रदान गरिएको छ । यसअघि कार्कीको पहलमा वडाका विपन्न नागरिकका लागि ८ सय बोरा चामल वितरण गरिएको थियो । वडाध्यक्ष कार्कीको सक्रियताले वडाका विपन्न नागरिकले राहत पाएको भन्दै उनीहरुले खुसी व्यक्त गरेका छन् । गम्भिर बिरामीहरुको थप उपचारको व्यवस्था मिलाईदिन पनि परिवारजनले अनुरोध गरेका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    शरीरमा पानीको कमी भएको यसरी थाहा पाउन सकिन्छ
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.